Logo

धानको सट्टा सुर्ती खेती !



पर्सा, २० मङ्सिर :  पर्साका ठोरीबासीले बर्साैंदेखि धान खेती गर्दै आएका थिए। तर वन्यजन्तुले बाली सखाप पार्थ्याे। पाँच वर्षअघि जन्तुले पाँच सयभन्दा बढी परिवारको खेती नष्ट ग¥यो। क्षतिपूर्ति माग्न उनीहरु निकुञ्ज पुगे। निवेदन दिए। तर क्षतिपूर्ति पाएनन्। निरास भएका स्थानीयले धान खेतीको विकल्प खोज्न थाले। अहिले उनीहरु सुर्ती खेती गर्छन्। यसबाट उनीहरुको आम्दानी पनि बढेको छ। ठोरी पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ। त्यसैले हात्ती, मृग, बँदेल र नीलगाईले बाली नष्ट पार्नु अस्वाभाविक थिएन। यो क्षेत्रमा खासगरी रैथाने हात्ती बढी छ। तिनले बढी बालीनाली नाश गर्ने गरेको पर्सा निकुन्जका संरक्षण अधिकृत अशोक राम बताउँछन्।

क्षतिपूर्ति नपाएपछि बाध्य भएर सुर्ती खेती गर्नुपरेको सुर्वणपुर नगरपालिका–३ ठोरीका भीमबहादुर पाख्रिनले बताए। ‘वन्यजन्तुले सुर्ती खाँदैन,’ उनले भने, ‘अन्य बाली नष्ट गर्दा क्षतिपूर्ति नपाएपछि यसलाई रोजेका हौं।’ बारा र पर्साअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने हजारभन्दा बढी परिवारले सुर्ती खेती गर्ने स्थानीय शम्भुराम पौडेलले बताए। सुर्ती खेती गरेका किसानले मनग्गे आम्दानी गर्न थालेपछि अरूमा पनि यसप्रति आकर्षण बढेको छ।

उत्पादित सूर्ती बेच्न पनि स्थानीयलाई सजिलो छ। सिमराका बजारमा बिक्री हुन्छ सुर्ती। त्यसमाथि सूर्य नेपाल प्रालिले घरमै आएर समेत किन्छ। प्रतिकिलोग्राम एक सय २० रुपैयाँमा सुर्ती बिक्री हुन्छ। यसबाट निकुञ्ज आसपासका बासिन्दाले वार्षिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने पौडेलको भनाइ छ। सुर्ती खेती लाउने किसानको आम्दानी बढेको देखेपछि अरु पनि यसतर्फ आकर्षित हुँदै गएका छन्।

स्थानीयले वन्यजन्तुको संरक्षण गरी पर्यापर्यटन विकास पनि गरिरहेका छन्। कतिपयले होमस्टे चलाइरहेका छन्। बाघ, हात्ती र गंैडा हेर्न आउने पर्यटक त्यहाँ बस्ने गरेको सुनाखरी मध्यवर्ती होमस्टे सञ्चालक नन्दमाया पौडेलले बताइन्। विश्व वन्यजन्तु कोषले पनि वन्यजन्तु संरक्षणमा सहयोग पुगोस् भनेर स्थानीयको आय बढाउन सहयोग गरिरहेको छ। तिनलाई होमस्टे, गोठ सुधारलगायत कार्यक्रममा सहयोग गरेको कार्यक्रम संयोजक भरत गोतामेले बताए।

वन्यजन्तु क्षेत्रमा परेकालाई पनि उचित स्थानमा सारिएको छ। मकावनपुरको प्रतापपुर, रमौली, पर्साको रामभेडी, भाटालगायत ६ सयभन्दा बढी परिवारलाई व्यवस्थापन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक रामको भनाइ छ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार