२०८१, २३ बैशाख आईतबार

आइपिओ बिक्री गर्दै घलेम्दी

आइपिओ बिक्री गर्दै घलेम्दी


काठमाडौँ, १८ मङ्सिर: म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

घलेम्दी हाइड्रो पावर प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कूल ९४ हजार २३० कित्ता शेयर मात्रै बिक्री भएको थियो । स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ७ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने