२०८१, २१ बैशाख शुक्रबार

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते


क्वालालम्पूर, मलेसिया, १७ मङ्सिर: मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ । मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् । मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ ।

सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ ः३७ मा भएको थियो । उहाँले थप्नुभयो, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ । विगत केही बर्ष यता उक्त शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोट कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।”

वान अब्दुलले भन्नुभयो, “घटना तीन जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।” विष्फोट पुननिर्माण भइरहेको भवनको भुईंतलामा रहेको भण्डारमा भएको वान अब्दुलले जानकारी गराउनुभयो । घटनापछि उक्तस्थानमा खिचिएको सञ्चारमाध्यमबाट प्रशारित भिडियोमा भवनको भण्डार रहेको कोठा पूर्णरूपमा क्षति भएको र केही व्यक्ति सहयोगका लागि चिच्याइरहेको देखिएको छ । यसबारे थप विवरण अनुसन्धानपछि आउने अधिकारीहरूले जनाएका छन् ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ६ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने