२०८०, १५ चैत्र बिहीबार

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री ओली

सुशासन र पारदर्शिताविना समृद्धि अगाडि बढ्न सक्दैन : प्रधानमन्त्री ओली


काठमाडौँ, १६ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताउनुभएको छ । एशिया प्यासिफिक सम्मेलनको ‘नेतृत्व र सुशासन विषयक सत्र तथा समापन समारोह’लाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार सुशासन र विधिको शासनलाई थप संस्थागत गर्न लागिपरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार, विधिको शासन, कानूनी राज्य र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी तवरले लागिपरेको छ । कानूनी दृष्टिमा सबै नागरिक समान भएकाले सरकारले सोहीअनुसार व्यवहार गरिरहेको छ ।” सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी रहेको र त्यसमा जागरुप नागरिक समाज र सरोकार भएका सबैले सक्रियतापूर्वक सहभागी हुनु जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेकाले सरकार स्थापित आधारभूत मूल्य र मान्यताका आधारमा नागरिकलाई बढीभन्दा बढी सुशासनको अनुभूती दिलाउन प्रयत्नशील रहेको बताउनुभयो । प्रधानमन्त्रीले सुशासनविना विकास सम्भव हुन नसक्ने भएकाले अनावश्यक प्रभाव र दबाबलाई मुक्त राख्दै नागरिकमात्रको सेवामा सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले विश्वव्यापी लोकतन्त्रका आधारभूत मूल्यमान्यता आवधिक निर्वाचन, विधिको शासन, कानूनी राज्यलाई सरकारले पूर्णरुपमा अवलम्बन गरेको र जनतामा नीहित सार्वभौमसत्ताको प्रयोग गरेकोसमेत स्पष्ट पार्नुभयो । उहाँले सरकार जनसेवाका सबै क्षेत्रमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताउनुभयो । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिताविना सुशासन सम्भव छैन”, उहाँले भन्नुभयो, “हामीले संविधानमै आवधिक निर्वाचन, कानूनको सम्मान र कानूनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौँ ।”

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुनसक्ने बताउनुभयो । “सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारवाही गर्छ । कोही कसैलाई छुट दिँदैन”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई उत्तरदायी र पारदर्शी हुन अपिल गर्नुभयो । “जनप्रतिनिधिले आफूलाई धब्बा लाग्ने काम गर्नु हुँदैन । जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।”

लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको स्पष्ट गर्नुभयो । उहाँले विश्व शान्तिका लागि आयोजना गरिएको यस सम्मेलन भव्यरुपमा सफल भएको आफूले ठानेको बताउनुभयो । प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “आधारहित टिप्पणी गर्नेलाई मेरो भन्नु केही छैन । विश्वभर शान्ति छाउनुपर्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ ।” उहाँले सम्मेलनमा सहभागी हुन आउनुभएका पाहुना तथा अतिथिलाई नेपालको हिमाल तथा चितवनमा गएर ‘एक सिङ्गे गँैडा’ हेर्नसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संसारबाट डाइनोसर त लोप भयो, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।”
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ८ : ४३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय