२०८१, १२ श्रावण शनिबार

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न: सर्वेन्द्र खनाल

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न: सर्वेन्द्र खनाल


नुवाकोट, १६ मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगीराइ काममा अघि बढिरहेको छ, महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रहरी अनुसन्धान ९७ दशमलव ५ प्रतिशत सफल छ, एकाध घटनाको आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सुविधासम्पन्न भवनबाट प्रहरीले सेवा प्रवाह गर्दा सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ प्रहरी कार्यालयले निर्माण गरिएको ती भवनमध्ये जिल्ला प्रहरी कार्यालयको हातामा कूल रु एक करोड ७१ लाख १५ हजार ८३२ को लागतमा दुईतले १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन रहेका छन् ।

त्यस्तै कूल रु एक करोड ३३ लाख आठ हजार ६३७ को लगानीमा अस्थायी प्रहरी पोस्ट र रु एक करोड २८ लाख ५१ हजार ४४५ को लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको नुवाकोटका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ६ : ५० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्