२०८१, ७ बैशाख शुक्रबार

चिसो बढे पनि सफाइ अभियान जारी, २३ मेट्रिकटन फोहर व्यवस्थापन

चिसो बढे पनि सफाइ अभियान जारी, २३ मेट्रिकटन फोहर व्यवस्थापन


काठमाडौँ, १५ मङ्सिर: चिसो बढे पनि उपत्यकाका विभिन्न स्थानमा सफाइ अभियान जारी छ । विभिन्न स्थानमा सफाइ गरी आज उपत्यकाबाट २३ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९० औँ हप्तामा बुद्धनगर क्षेत्रस्थित वाग्मती र रुद्रमती नदी दोभानमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मालगायत अभियानकर्मीले सहभागिता जनाउनुभएको थियोे । ब्लुक्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेशिया रेयुकाइ सानेपा, युएन पार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी वागेश्वोरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकाल, पाठशाला नेपाल वानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोर लगायत सफाइमा संस्थागत सहभागिता थियो ।

मुहानबाट नै वाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले २५१ हप्ताको सफाइ गोकर्णेश्वर नगरपालिका वाड नं–८ माकलबारी क्षेत्रमा ग¥यो । सफाइबाट दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको वडा नं ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी रामहरि श्रेष्ठले बताउनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २०० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइको २४५औँ हप्तामा रातोपुल–कालोपुलको नदी किनार क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दाबढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थासहित स्थानीयवासीको सहभागिता थियो । सफाइपछि रुद्रमती सरोकार समाजको चौँथो वार्षिक साधारणसभा गरिएको अभियानकर्र्मी रोहित गिरीले जानकारी दिनुभयो ।

साधारणसभाको शुभारम्भ गर्नुहुँदै पूर्व स्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले नदी सफाइसँगै पुनःस्थापना गर्नेतर्फ अभियानकर्मीको ध्यान जानुपर्नेमा जोड दिनुभयो । नदीको स्वच्छता स्थिर राख्न प्रशोधन केन्द्र निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठलगायत नदी सफाइमा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

साधारणसभाले वासुदेव मरासिनीको अध्यक्षतामा तीन वर्षका लागि २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष रोहित गिरी, उपाध्यक्षमा सच्ची मैनाली र इन्दिरा गिरीलगायत निर्वाचित हुनुभएको छ । विष्णुमती सफाइ अभियानको २१७औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ स्थित शिव मन्दिर क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप विच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो ।

माटोले पुरेको नाली खोलेर सफा गरिएको उहाँले जानकारी दिनुभयो । सडकमा जम्मा भएको फोहर माटोलाई नदीमा हालिएको र अन्य फोहर व्यवस्थापन गरिएको जनाइएको छ । सुन्दरीघाट क्षेत्रको वाग्मती सफाइको १००औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा सफाइको ९० औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी कोइराला आँखा अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको सफाइ संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ८६औँ हप्तामा नयाँ बालाजु चोकबाट माछा पोखरीबीचको गंगाहल क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी २५० भन्दा बढीले गरेको सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी तीलक बस्नेतले जानकारी दिनुभयो । बालाजु क्षेत्रको सडक किनारमा राखिएका बालुवा, गिटीलगायत निर्माण सामग्री पनि आजको सफाइसँगै हटाइयो ।

आलोकनगर सफाइ अभियानले ८६औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । आलोकनगरको आजको सफाइ हेर्न वाग्मती नदीको मुहानस्थल गोकर्णेश्वर नगरपालिका वडा नं १ मूलखर्क, ओखरेनी, चिलाउने, खत्रीटोलका गरी ६५ महिलाले अवलोकनसहित सहभागिता जनाएको अभियानकर्मी प्रमीला पौडेलले जानकारी दिनुभयो ।

चक्रपथ बाफल खण्डको ६८औँ हप्तामा सीतापाइला चोकबाट स्यूचाटार पुलसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । हेभी इक्विपमेन्ट डिभिजन कार्यालयले उपलब्ध गराएको दुई वटा ब्रुमरले त्यस क्षेत्रको धूलो टिपेको उहाँले सुनाउनुभयो । जाडो बढेसँग उपत्यकाका विभिन्न स्थानमा चलेको सफाइ अभियानमा सहभागीको सङ्ख्या घटेको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दाबढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिकटन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ । अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ । अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ४१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता