२०८१, १२ श्रावण शनिबार

गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न नेपाल सफल : प्रधानमन्त्री ओली

गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न नेपाल सफल : प्रधानमन्त्री ओली


काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले द्वन्द्वको शान्तिपूर्ण समाधानमा नेपाल सफल रहेको बताउनुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको एसिया प्यासिफिक सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वार्ता, समझदारी, आपसी सम्मान र संलग्नताबाट द्वन्द्व व्यवस्थापन गर्न नेपाल सफल रहेको बताउनुभयो

उहाँले गोलीमाथि मतको सर्वोच्चता स्थापित गर्न सफल बनेको उदाहरण विश्वसामु प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले एशियाली मूल्य र मान्यताका साथ गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गन सहकार्यका लागि आह्वान समेत गर्नुभयो ।

उहाँले २१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म जारी रहने सम्मेलनमा ६ मुलुकका राष्ट्र र सरकार प्रमुखका साथै अन्य विशिष्ट पाहुना सहभागी छन् ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ५ : ५३ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्