Logo

मुलुक आर्थिक विकासको चरणमा छ: अध्यक्ष दाहाल



काठमाडौँ, १३ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको छ ।”

अध्यक्ष दाहालले जनताको सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । “देश विकासका लागि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक प्रगति र समृद्धिका लागि स्थिरताको आवश्यकता हुन्छ, स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले बीसौँ शताब्दीमा वैदेशिक लगानीको विषय जटिल बनेको बताउँदै विश्वव्यापीकरणका कारण अहिले सो विषय सहज बन्दै गएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले एक्स्पोले व्यापारका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीको उपस्थितिले आर्थिक विकासका लागि राम्रो सन्देश दिएको विचार व्यक्त गर्नुभयो । एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार