२०८१, ७ कार्तिक बुधबार

काभ्रे होइन हेटौँडालाई नै स्थायी राजधानी तोकिनुपर्छ : अध्यक्ष थापा

काभ्रे होइन हेटौँडालाई नै स्थायी राजधानी तोकिनुपर्छ : अध्यक्ष थापा


काठमाडौँ, १२ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने बताउनुभएको छ ।

मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङको नेतृत्वमा केन्द्रीय कार्यालयमा सो विषयमा ध्यानाकर्षण गराउन गएको प्रतिनिधिमण्डलसँगको छलफलमा अध्यक्ष थापाले सो स्थानलाई राजधानी बनाउन सबै दलका शीर्ष तहका नेता सकारात्मक रहेको बताउँदै सरकारले निर्माण गर्ने दू्रतमार्ग, धरान चतरा राजमार्ग, हेटौँडा काठमाडौँ सुरुङ मार्गका कारण हेटौँडालाई सबैतिरबाट सडक सञ्जाल जोड्न सकिने बताउनुभयो ।

थापाले अहिले राजधानीका लागि चर्चा भैरहेको जिल्ला भन्दा हेटौँडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणलेसमेत उपयुक्त भएको बताउँदै उहाँले भविष्यमा हेटौँडा अत्यन्त सम्भावना बोकेको स्थान हुने हुँदा तत्कालीन समयमा उक्त शहरलाई प्रदेशको अस्थायी मुकाम तोक्न आफूले भूमिका निर्वाह गरेको जानकारी गराउनुभयो । सबै दलले हेटौँडालाई राजधानी बनाउन सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ३४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि