२०८१, १२ श्रावण शनिबार

विद्यार्थीलाई संसदीय अभ्यास सिकाउँदै सभामुख

विद्यार्थीलाई संसदीय अभ्यास सिकाउँदै सभामुख


काठमाडौँ, ११ मङ्सिर: ‘मेरो जीवनमा २०४८ सालदेखि चार पटक संसदीय चुनाव लडेको छु । नेपाली भूगोल, विविध जातिका फरक संस्कृति मिलेर निर्माण हुने सामाजिक एकताले मात्र समग्र देश विकास र नागरिकको आर्थिक प्रगति सम्भव छ ।’ सङ्घीय संसद्लाई सञ्चालन र व्यवस्थापनमा सधैँजसो व्यस्त रहनु हुने सभामुख कृष्णबहादुर महराले कलङ्कीस्थित लर्निङ रियल्म, इन्टरनेशनल (एलआरआई) विद्यालयको संसद् कक्षमा आज प्रस्तुत गर्नुभएका यी भनाइले धेरै विद्यार्थीलाई प्रेरणा मिलेको थियो । ‘विद्यार्थी संसद्’ कक्षामा सभामुख महराले मुलुकलाई दिशानिर्देश गर्न दृष्टिकोणको आवश्यकता पर्ने बताउँदै फरक सिद्धान्त तथा आदर्शको जगमा स्थापित भएका राजनीतिक दलले सम्बन्धित विचार केन्द्रित गर्ने ठाउँ संसद् भएको विचार व्यक्त गर्नुभयो ।

देशका ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरी विद्यार्थी उपस्थित गराइएको उक्त संसद् कक्षमा उहाँले भन्नुभयो, “म १२ वर्ष शिक्षक भएँ, विद्यार्थीलाई आश्वस्त पार्न सक्छु ।” अहिलेका विद्यार्थी नै आगामी दिनमा संसद्, मन्त्री, सभामुख बनेर राष्ट्रिय राजनीतिको विकास क्रममा महत्वपूर्ण योगदान गर्नुपर्ने उहाँको भनाइ थियो । विद्यार्थी जीवनदेखि नै उनीहरुलाई संसदीय अभ्यास गराउने उद्देश्यले निर्माण गरिएको उक्त कक्षमा विद्यालयले मुलुकको राजनीतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यसैबीच सामुदायिक तथा निजी विद्यालयका करीब १५० शिक्षक चिनियाँ भाषा तथा संस्कृतिको प्रारम्भिक अध्ययन पूरा गरी आज दीक्षित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीन सरकारको सहयोगमा बेइजिङ इन्टरनेशनल चाइनिज कलेजले दुई सातासम्म सोही विद्यालयमा प्रशिक्षण सञ्चालन गरेको थियो । समापन समारोहमा नेपालका लागि चिनियाँ राजदूत यू होङले भाषा तथा संस्कृतिले दुई मुलुकका नागरिकको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै समाज रुपान्तरणका लागि दक्ष जनशक्ति उत्पादन गर्न शिक्षाको खाँचो औँल्याउनुभयो ।

नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्दै आएको चीन सरकारले केही वर्षअगाडि लिएको एक क्षेत्र, एक मार्ग (ओबोर) को अवधारणा ठूलो परियोजना हो । करीब ६० मुलुक यस परियोजनबाट लाभान्वित हुने बताइएको छ । सडक, रेल मार्गमार्फत नेपाल धेरै देशसँग सञ्जाल जोडिनेछ । शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालले दुवै देशबीचको सदियौँ पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्न भाषा तथा संस्कृतिको महत्व रहेको बताउँदै यसले शिक्षकको भाषा सिकाइ क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।

विद्यालयका अध्यक्ष शिवराज पन्तले विद्यार्थीलाई अन्तर्राष्ट्रिय तहको शिक्षा उपलब्ध गराउनका लागि विकास भएका प्रविधिका शिक्षाका साथै विद्यालयमा विभिन्न रचनात्मक क्रियाकलाप गरिँदै आएको जानकारी गराउनुभयो । गत कात्तिक २७ गतेदेखि आजसम्म सञ्चालन गरिएको भाषा प्रशिक्षणमा सामान्य बोलचालका साथै चिनियाँ संस्कृतिका विभिन्न पक्ष सिकाइएको थियो ।

दुई साता लामो प्रशिक्षणबाट दीक्षित भएका प्रशिक्षार्थीमा आत्मविश्वास पाइएको थियो । प्रशिक्षणका सहभागीले आफूले जानेका र सिकेका अनुभव सुनाएका थिए भने चिनियाँ संस्कृतिको गीत गाएर दर्शकलाई मनोरञ्जन गराएका थिए । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका उपसभापति याङ वेईले दुवै देशले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि प्रयत्न गरिरहेको बताउँदै भाषा तथा संस्कृतिले सामाजिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ५० बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय