Logo

काभ्रेमा प्रहरी प्रशासन नगद असुलीमा व्यस्त, सडकमा ट्रिफरको दादागिरी



धुलिखेल । काभ्रेका सडकमा ट्रिफरहरु मनपरी ढंगले गुडाइदा पिच गरिएका सडक छिट्टै विग्रने गरेको छ । यहाँका सडकमा गुड्ने ट्रिफरसँग प्रहरी प्रशासनले नगद असुल्ने गरेकाले ट्रिफर चालकहरुले हेलचेक्रयाई गरी ट्रिफर सडकमा चलाउने गरेका हुन् । जसका कारण सडक निर्माण भएको छोटो समयमा नै खाल्डाखुल्डी हुने र त्यसले दुर्घटना निम्त्याउने गरेको छ ।

काभ्रेको ट्राफिक/प्रहरी प्रशासनले विगतदेखि नै ट्रिफरहरुसँग मासिक रुपमा नगद असुल्ने गरेको छ । यसरी मासिक रुपमा असुलिएका ट्रिफरहरु सडकमा मनलाग्दी गुडाउँदा प्रहरीले कुनै निगरानी गर्दैन । बरु चेकजाँच पोष्टमा बसेको प्रहरी ट्रिफर आइपुग्दा अन्यत्रै ध्यान केन्द्रित गर्ने गर्दछ ।

विशेषगरी जिल्लाको दोलालघाट र मेलम्ची क्षेत्रबाट शहरी क्षेत्रमा बालुवा, रोडा र ढुंगा लगायतका निर्माण सामग्री ओसार्ने ट्रिफरहरु यसरी गुड्ने गरेका छन् । त्यस्तै विपी राजमार्गमा गुड्ने ट्रिफरहरुले पनि सडकको कुनै मतलव नगरी जथाभावी रुपमा गुड्छन् । उता पनौती क्षेत्रको पनि हालत उस्तै छ ।

सडक दुर्घटनाको प्रमुख कारण ट्रिफर चालक र प्रहरीको आर्थिक लेनदेन नै रहेको विभिन्न तथ्यहरुले देखाएको छ । प्रहरीले चालकसँग आर्थिक लेनदेन गरेपछि ओभरलोड लिएर गुडाइएका ट्रिफरले सबै छुट पाउने गरेका छन् ।

कतिपय चालकको सवारी चालक प्रमाणपत्र समेत नभएको अवस्थामा उनीरुलाई प्रहरीद्वारा छुट दिइने गरेको छ । प्रहरीले त्यस्ता ट्रिफरको कुनै चेकजाँच गर्ने गरेको देखिंदैन । दुर्घटना भएको अवस्थामा प्रहरीले फेरि नगद असुल्ने गरेको ट्रिफरलाई नै दोषी बनाउने गरेको छ ।

पछिल्लो पटक भुकण्डेमा भएको ट्रिफर दुर्घटना यसको नयाँ उदाहरण हो । त्यस क्षेत्रबाट लोड भरिएको ट्रिफरलाई बेलुकीको ७ बजे मात्रै गुड्न अनुमति दिने निर्णय प्रशासनको थियो । तर भकुण्डे चोकमा करिव ६ः३० बजेको समयमा ट्रिफर दुर्घटना भयो । फिल्डमा निर्णयलाई कार्यान्वयन गराउने प्रहरी प्रशासनले उक्त निर्णयलाई पालना गराएन ।

विश्वस्त स्रोतकाअनुसार त्यस दिन पनि धेरै ट्रिफरहरुलाई प्रहरीले नगद असुल गरी पठाएका थिए । घटनापछि प्रहरी प्रशासनले उल्टै ट्रिफर व्यवसायी र चालकलाई नै ७ बजे मात्रै गुडाउनु पर्ने ट्रिफर साढे ६ बजे कसरी भकुण्डेमा आएर दुर्घटना भयो भनेका थिए ।

भकुण्डेमा भएको यो घटना प्रशासनले ट्रिफर गुड्न पाउने समय तोकिएकै बेलामा भएको थियो । यस घटनाबाट प्रष्ट हुन्छ कि प्रहरी प्रशासन नियमविपरित गुड्ने त्यस्ता ट्रिफर चालकसँग असुली धन्दामा व्यस्त थियो ।

केही समयअघिसम्म जिल्लाका विभिन्न स्थानबाट फरक–फरक समयमा ट्रिफरहरु छुट्ने व्यवस्था मिलाइएको थियो । तर त्यसलाई अहिले ट्रिफरको गतिलाई नियन्त्रण गर्दै सबै समयमा गुड्न पाउने व्यवस्था गरिएको छ । ट्रिफरलाई समय तोकेर गुड्ने अनुमति प्रशासनले दिंदा तुलनात्मक रुपमा दुर्घटनामा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार