२०८०, १९ फाल्गुन शनिबार

वृद्धको हत्या आरोपमा चार पक्राउ

वृद्धको हत्या आरोपमा चार पक्राउ


दमौली, ११ मङ्सिर: तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो । पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए ।

घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफता दिलाएको छ । शव फेला पर्नेबित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पु¥याएको थियो । शव वरिपरिका वस्तु र मृत फेला परेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट चार सय मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो । कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिज विकले गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ६ : ०६ बजे

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती

मिटर ब्याजपीडितसँग वार्ता गर्न सरकारले बनायो सहसचिव नेतृत्वमा टोली

काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत मिटर ब्याजपीडितहरूलाई वार्तामा बोलाएको छ

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

काठमाडौं । दोलखामा मध्यराति घाइते भेटिएका एक जना युवकको उपचारको

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम