२०८१, १२ श्रावण शनिबार

नुवाकोटमा भाइको हत्या अभियोगमा दाजु पक्राउ

नुवाकोटमा भाइको हत्या अभियोगमा दाजु पक्राउ


बेत्रावती, ११ मंसीर : प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ४६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्