२०८१, १२ श्रावण शनिबार

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन


काठमाडौं, मंसिर ११ : देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा। रामकुमार मण्डल अस्पतालका प्रमुख दिए ।

पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ८ : ०७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्