Logo

चार वर्षमा पनि उठेन पूर्वउपराष्ट्रपति झाबाट ६७ हजार



काठमाडौं, मंसिर ११ : बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन । यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच अहिले विवाद चुलिएको छ ।

स्थापनाको ८ वर्षसम्म बेरुजु नराख्ने कार्यालयमा दरिएको थियो, उपराष्ट्रपति कार्यालय । लेखापालले तत्कालीन उपराष्ट्रपति झाको तलबबाट आयकर कट्टी नगर्दा त्यही रकम बेरुजु देखियो । बेरुजु रकम असुल्न महालेखा परीक्षकको कार्यालयले बारम्बर भनिरहेको छ । बेरुजु रकम उपराष्ट्रपति कार्यालयले झाबाट असुल उपर गर्नुपर्र्ने हो । कर्मचारीले बेरुजु रकम असुल उपर गर्न सबै उपाय अपनाइसकेका छन् । यो समाचार अन्नपुर्ण पोष्टमा रहेको छ l

‘०७२ सालदेखि हामीले उहाँलाई चिठी पठाइरहेका छौं । भेटेर पनि भन्यांै । अहिले त पूर्वउपराष्ट्रपतिज्यूले हाम्रो कार्यालयको चिठीसमेत बुझ्न छाडिसक्नुभयो’, उपराष्ट्रपति कार्यालयका अधिकारीले अन्नपूर्णसँग भने ।उपराष्ट्रपति कार्यालयका सहसचिव तहबाट निवासमै पुगेर पनि ताकेता भइसकेको छ । सहसचिवले बेरुजु उठाउन ताकेता गर्दा झाको धम्की सुनेपछि चुपचाप फर्के । ‘त्यसपछि घरमा जान छाड्यौं । वर्षको एक पटक चिठी पठाइरहेका छौं । तर, पछिल्लो समय त उहाँले उपराष्ट्रपति कार्यालयको पत्र नै बुझ्न छाड्नुभयो । हामीले अहिले हुलाकबाट चिठी पठाइरहेका छौं’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

‘बेरुजु रकम असुल्न सकेनौं भनेर अर्थ मन्त्रालयअन्तर्गतको बेरुजु फर्स्योट अनुगमन समितिलाई पनि जानकारी दिइसकेका छौं’, ती अधिकारीले भने, ‘उसले केन्द्रीय तहसिल कार्यालयमा लगत राख्न भनेको छ । बेरुजु फर्स्योटको टाउको दुखाइबाट अब मुक्त भइएला कि !’‘मैले आफैं लिएको होइन । तपाईंहरूले गल्ती गर्ने । मैले किन पैसा दिने’, झाले चिठी लिएर जाने कर्मचारीलाई भन्ने गरेका छन् ।

पछिल्लो समय त उनी सरकारले आफूलाई कुनै सुविधा नदिएको जिकिर गर्दै राष्ट्रपति–उपराष्ट्रपतिको सेवा–सुविधासम्बन्धी विधेयक पास गरी आफूलाई दिइने रकमबाट कटाउन भनिरहेका छन् ।‘पदावधि सकिएपछि सरकारले सेवा–सुविधा नदिएकोबारे तपाईंहरूले चासो दिनुभएको छैन । यति रकम फिर्ता नदिएकोबारे सोधीखोजी किन गरिरहनु भा’को छ’, झाले अन्नपूर्णसँग भने।

‘खातामा बढी पैसा आएपछि बुझ्नुपथ्र्याे । धेरै आए फिर्ता गर्नुपथ्र्याे । यसरी लगातार ताकेता गर्दा हामीलाई नै अप्ठ्यारो भइसकेको छ । उहाँलाई किन नभएको होला’, उपराष्ट्रपति कार्यालयका ती अधिकारीले भने ।

गाडी मर्मत खर्च माग्दै
उपराष्ट्रपति कार्यालयले झालाई दिएको गाडीसमेत फिर्ता गराउन सकेको छैन । उपराष्ट्रपति कार्यालयले चार वर्षअघि उनलाई बा.१ झ ९९०१ नम्बरको स्कोरपियो गाडी दिएर बिदा गरेको हो । ऐन–नियममा सुविधा पाउने व्यवस्था नहुँदै उनलाई गाडी उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयले उनलाई दिएको गाडी उपराष्ट्रपति कार्यालयलाई फिर्ता गराउन भने पनि उसले सकेको छैन ।सोही गाडी मर्मत गरिदिन झाका छोरा कृष्णचन्द्रले एक महिनाअघि प्रधानमन्त्री कार्यालय र उपराष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार