Logo

श्रीमान र श्रीमतीले दायाँ बायाँ कतापट्टि सुत्दा फाइदा हुन्छ ? हेर्नुहोस् वास्तुशास्त्र



सुन्दा के होला यस्तो पनि हुन्छ ? आम मान्छेलाई यस्तै लाग्न सक्छ तर वास्तु शास्त्र अनुसार हाम्रो पारिवारिक जीवनमा साना सान कुराले पनि ठूलो प्रभाब पार्न सक्छ । वास्तु दोषका कारण पनि परिवारमा अनेक झमेलाहरु आइलाग्ने र परिवारमा श्रीमान् श्रीमतीको सम्बन्ध नै बिग्रदै जाने गरेको वास्तुशास्त्रका जानकारहरु बताउँछन् ।

श्रीमान : हुन त असमजदारीले नै सम्बन्धमा समस्या आउने हो तर पनि यसमा वास्तु दोष अर्को प्रमूख कारण हो । यस्ता बास्तु दोषलाई हल गर्न सकिन्छ । आउनुस तपाईँको पनि परिवारमा समस्या छ श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिरहेको छ भने वास्तु दोषले पनि हुन सक्छ वास्तुका यी नियमहरुलाई अनुशरण गर्नुहोस ठीक हुन्छ की

बेडरुम लोकेसन : बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले श्रीमान् श्रीमतिबीच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

सुत्ने दिशाको छनोट : विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

बेडको अगाडि ऐना : वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।
कस्तो बेडको प्रयोग गर्ने रु

विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

सुत्ने कोठाको रंग : बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

को कुन साइडमा सुत्ने : श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

दुइवटा डस्नाको प्रयोग नगर्नुहोस् : डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार