Logo

तेमालको अमलटारीमा बालुवा उद्योगीको आतंक ! स्थानीय त्रसित



काठमाडौं १० मंसिर काभ्रेको तेमाल गाउँपालिका वडा नं.१ मा पर्ने सुनकोशीको गडतिर क्षेत्र अमलटारीमा वालुवा वासिङ उद्योग स्थापना गर्ने तयारी भएपछि प्रभावित क्षेत्रका स्थानीयहरु त्रशित देखिएका छन् ।

उग्रचण्डी पेट्रेल पम्पका सञ्चालक तथा यातायात व्यवसायी आत्मराम थापा सहित ११ जनाले सुनकोशी एग्रीगेट एण्ड स्टोन प्रा.लि. नामको उद्योग सञ्चालनको लागि अनुमति प्राप्त गर्न तेमाल गाउँपालिकामा निवेदन दिएका थिए । त्यसैका अधारमा सर्जमिन मुचुल्का तयार गर्न वडालाई गाउँपालिकाले पत्राचार गरेको थियो ।

     (तेमाल गाउँपालिकाले वडालाई पठाएको पत्र) 

त्यसका लागि वडा नं. १ का वडाध्यक्ष मानबहादुर श्रेष्ठको रोहवरमा वडा भेला समेत गरिएको थियो । भेलामा सहभागी स्थानीयले उद्योग सञ्चालनमा ल्याएमा आफूहरुलाई प्रतिकूल प्रभाव पर्ने भएकाले उद्योग स्थापना गर्न नहुने बताएका थिए ।

अहिले उक्त उद्योग स्थापनाका लागि सार्वजनिक सूचना प्रकाशित हुनु अगावै प्रभावित क्षेत्रका स्थानीयहरुमा चिन्ता र चासो पैदा भएको छ । उता उद्योग सञ्चालनका लागि अनुमति लिन भनेर निवेदन दिएको उद्योग भने तेमाल गाउँपालिकाको वडा नं. २ मा दर्ता भएको छ ।

तेमाल गाउँपालिका वडा नं. १ का स्थानीय शिक्षक नयनकृष्ण त्रिपाठी सहित त्रिपाठी खलकका विभिन्न व्यक्तिहरुको लगभग ९ रोपनी जग्गामा बालुवा प्रशोधन गर्ने उद्देश्यका साथ उक्त उद्योग स्थापना गर्न खोजिएको मुचुल्काका लागि पालिकाद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

उद्योगका लागि निवेदन आएपछि त्यस आसपासमा रहेका साँधसँधियार, छिमेकी, संघ/संस्था, पाटी/पौवा, विद्यालय, कुलो, अस्पताल, सार्वजनिक स्थल लगायतलाई असर पुग्ने हो या होइन खुलाई पठाउन गाउँपालिकाले सार्वजनिक सूचना प्रेषित गरी ७ दिन भित्र खुलाएर पठाउन निर्देशित गरेको छ । यसरी सूचना सार्वजनिक हुनु अगावै वडा नम्बर १ का नागरिक समाज बुद्धीजीवि र स्थानीयले विरोध जनाएका छन् ।  (तेमाल गाउँपालिका वडा नं.१ ले जारी गरिएको सुचना)

उद्योग स्थापना गर्न खोजिएको स्थानको नजिकै सार्वजनिक सडक, सामुदायिक वन, सहकारी भवन, कृषक समुह, पशुपालन फर्म, चिज तथा पनिर उद्योग लगायत सर्वसाधारण किसान आश्रित संस्थाहरु रहेका छन् । त्यस्तै छिमेकीको खेतीयोग्य जमीन उद्योग राख्न खोजिएको नजिकै रहेकाले खोतीयोग्य जमिन मरुभूमि बन्ने खतरा देखिएको छ ।

सुनकोशी एग्रीगेट एण्ड स्टोन प्रा.लि. राख्न खोजिएको स्थानसँगै स्थानीयको बाक्लो बस्ती समेत रहेको छ । उता उद्योग संचालक आत्मराम थापाले भने सरकारको सबै ऐन नियमलाई पूरा गरी दर्ता प्रक्रृया पूरा गरी व्यवासाय सञ्चालन गर्न खोजिएको हो ।

विगत १३ महिनादेखिको प्रयास हो यो, अहिले आएर स्थानीयले विरोध गर्नुको कुनै तुक नभएको बताउँछन् । यसैगरी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत शैलेन्द्र मिश्रले यस उद्योग वन क्षेत्रलाई क्षति पु¥याउँछ वा पु¥याउँदैन भन्ने प्रश्न गर्दा उनले ऐन पल्टाएर मात्रै भन्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार