२०८१, १२ श्रावण शनिबार

हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ

हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ


हिन्दु परम्परामा बिवाहित महिलाले पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई निकै नै मान्यता दिइन्छ । सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको धार्मिकसगैँ वैज्ञानिक सत्य पनि छ:

१. सिन्दुर लगाउनुको वैज्ञानिक कारण
सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ ।यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ । किनकी विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ।

२. काँचका चुरा लगाउनु वैज्ञानिक कारण :
विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।

३. मंगलसुत्रको पहिरनसँग जोडिएको वैज्ञानिक कारणः
मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु मंगलसुत्र नदेखिने ठाउँमा लगाउनु पर्ने सल्लाह दिने गर्छन् । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।

४. खुट्टाको औलामा किन लगाईन्छ औठी
विवाहिता हिन्दु महिला खुट्टाको दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ । किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ? खुट्टाको जुन औलामा औठी पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला सजिलै गर्भधारण गर्न सक्दछन् भने महिनावारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु-याउँदछ ।

५. कानमा पहिरिने झुम्काको विज्ञान
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ । कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ । शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई कम गर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।

६. पाउजु पहिरिनुको विज्ञान
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ । साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : १७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्