Logo

सञ्चार क्षेत्रको अधिकार सिंहदरबार वरिपरि घुमिरहेको छः अध्यक्ष आचार्य



बलेवा, ८ मङ्सिर : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रको अधिकार सिंहदरबारबाट बाहिरिन नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङको ११ औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “राज्यको पुनःसंरचना भए पनि सञ्चार क्षेत्रको अधिकार केन्द्रमा मात्रै सीमित रहेको छ ।”

अध्यक्ष आचार्यले प्रेसप्रति अंकुश लगाएर राज्य लोकतन्त्रप्रति उदार बन्न नसक्ने बताउँदै सङ्घीयताको कार्यान्वयनसँगै बनेका संरचनाअनुसार सञ्चार क्षेत्रको अधिकार पनि हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि सञ्चार क्षेत्रको अधिकार भने सिंहदरबार वरिपरि घुमिरहेको बताउँदै उहाँले देशमा भएका ठूलाठूला परिवर्तनमा पत्रकारिता क्षेत्रले सघाएको भए पनि देशका राजनीतिक दल र सरकारले त्यो योगदानलाई भुलेर अङ्कुश लगाउने बाटो खोजेकोमा दुःख व्यक्त गर्नुभयो ।

अध्यक्ष आचार्यले राज्यले प्रेस स्वतन्त्रतालाई कानूनका माध्यमबाट अङ्कुश लगाएर सञ्चार क्षेत्रलाई कमजोर र नागरिकको सूचना पाउने अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाउँदै नयाँ मुलुकी संहितामा व्यवस्था भएअनुसार पत्रकार र पत्रकारिता क्षेत्रलाई बाँध्न खोजिएकाले प्रेस स्वतन्त्रताको लडाईं जारी राख्नुपरेको धारणा व्यक्त गर्नुभयो ।

पत्रकार आचार संहिता र सञ्चारमाध्यमको प्रभावकारिताका विषयमा नागरिक सुनुवाइमार्फत सुझाव सङ्कलन गरेर पत्रकारिताभित्रका विकृति खोज्नुपर्नेमा जोड दिदैं उहाँले पत्रकार महासङ्घको निर्वाचन प्रणाली सुधारका विषयमा सबैको एकता आवश्यक रहेको बताउनुभयो । अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमाथिको अङ्कुशका विषयमा खुलेर सङ्घर्ष गर्न पत्रकारलाई आग्रह गर्दै अहिले के भइरहेको छ भन्दा पनि मूल प्रकृति के हो भन्ने विषयमा हेक्का राखेर पत्रकारले प्रहार गर्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार