२०८१, १ माघ मंगलबार

‘शिक्षा सुविधाविहीनको पहुँचमा पुग्नुपर्छ’: शिक्षामन्त्री पोखरेल

‘शिक्षा सुविधाविहीनको पहुँचमा पुग्नुपर्छ’: शिक्षामन्त्री पोखरेल


काभे्रपलाञ्चोक, ७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षा सुविधाविहीन जनताको पहुँचमा पुग्नुपर्ने बताउनुभएको छ । आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा गरीब वर्ग, दलित एवं अपाङ्गता भएका व्यक्तिको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो संविधानको मूल मर्म पनि सुविधाविहीनको पहुँचमा शिक्षा पु¥याउनु नै हो ।”

मन्त्री पोखरेलले शिक्षा व्यवसायीकरण नभई व्यापारीकरणतर्फ उन्मुख हुने प्रवृत्तितर्फ बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशमा आवश्यकताको प्रक्षेपणका आधारमा शैक्षिक संस्थाको आवश्यकता औँल्याउनुभयो । उहाँले सङ्घीय संसद्मा शिक्षामा भएका विकृति, विसङ्गति निर्मूल पार्ने शिक्षा आयोग गठन गर्न विधेयक पास गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले सङ्घीय संसद्मा चिकित्सा आयोग पनि गठन गर्न मस्यौदा पेश भइसकेको र छलफलको अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले मुलुकका विश्वविद्यालयसँग हातेमालो गरी प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल पार्ने छौँ ।” सो अवसरमा इसिमोडका महानिर्देशक डा डेभिड जेम्स् मोल्डेनले विश्वमा वातावरण प्रदूषणले वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको उल्लेख गर्दै विश्वविद्यालयमा उत्पादित शैक्षिक जनशक्तिले यस्ता समस्यालाई ध्यानमा राखी प्रदूषण न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ श्रेष्ठले दीक्षित स्नातकलाई आफ्नो काम कर्तव्यमा इमान्दार र चरित्रवान भई मानव समाज तथा राष्ट्र समुत्थानमा समर्पित हुन आग्रह गर्नुभयो ।

उक्त दीक्षिन्त कार्यक्रममा विभिन्न विधाका एक हजार ५५५ स्नातक विद्यार्थी दीक्षित भएका छन् । कार्यक्रममा स्कूल अफ मेडिकल साइन्सेजअन्तर्गत डिएम÷एमसीएच तहका पाँच, एमडी÷एमएस्÷एमडीएस् तहका १९३, एमबिबीएस् तहका ९६९, बीडीएस् तहका १६६, बीएस्सी नर्सिङ तहका १८२, ब्याचलर आफ फिजियो थेरापी तहका २२ र ब्याचलर अफ नर्सिङ साइन्स तहका १८ जना दीक्षित भएका हुन् । समारोहमा एमबिबीएस् तहमा ८१ दशमलव ५७ प्रतिशत अङ्क ल्याई उत्कृष्ट हुने नेपाल मेडिकल कलेजकी छात्रा मनाली भट्टलाई भाइस्–चान्सलर स्वर्णपदकले सम्मान गरिएको थियो । दीक्षितमध्ये ६४७ महिला तथा ९०८ पुरुष छन् । यसमध्ये १३९४ जना नेपाली हुन् भने भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका र बेलायतका १६१ जना रहेका विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सेजका डीन डा राजेन्द्रप्रसाद कोजूले जानकारी दिनुभयो ।

-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ६ : ३८ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज