२०८१, ७ कार्तिक बुधबार

भूत मेला भर्न कमला नदीमा घुइँचो

भूत मेला भर्न कमला नदीमा घुइँचो


लहान, ७ मङ्सिर: सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीमा स्नान र भूत मेला भर्न आज बिहानैदेखि श्रद्धालुको ठूलो घुइँचो लागेका छन् । सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भव्य भूत मेला लाग्ने गर्छन् । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपूर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन् ।

कमला नदीमा स्नान गरेपछि धाँमीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नका लागि गाउँघरबाट आज ठूलो सङ्ख्यामा मानिसहरु बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् । कार्तिक पूर्णिमा आज परेको भएपनि सर्वसाधारण बिहीबारदेखि नै स्नान गर्नका लागि कमला नदीको तटमा आएर बास बसेको थियो । कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासी राजकुमार लामा बताउनुहुन्छ ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियाँैदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ । स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ५७ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि