२०८१, १२ श्रावण शनिबार

बधिया भाले पालेर राम्रो आम्दानी

बधिया भाले पालेर राम्रो आम्दानी


घोराही, ७ मङ्सिर: घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट । भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आउनुभएको छ । उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन् ।

झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उहाँले गर्दै आएको यो काम अलि फरक छ । उहाँले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा एउटा छुट्टै नामसमेत उहाँले पाइसक्नुभएको छ । उहाँकी श्रमती जानका चौधरीका अनुसार हाल बधिया फार्ममा करीब ३०० बधिया भाले छन् । भाले पाल्नेका लागि मासिकरुपमा रु ३० देखि रु ४० हजार खर्च हुने गरेको छ । तर आम्दानी भने वार्षिक रु १० देखि १२ लाखसम्म हुने गरेको उहाँ सुनाउनुहुन्छ ।

एउटा बधिया भाले हुनका लागि चल्ला निकालेको करीब पाँच महीनामा भाले बास्न थाल्छ । भाले बास्ने भइसकेपछि भालेको भेटेनरी डाक्टरको सहयोगमा अण्डाशय निकाल्ने र शिर काट्ने काम हुन्छ । जब अण्डाशय निकालेर करीब दुई महीनाजति दानापानी खुवाएमा बधिया तयार हुन्छ । एउटा चल्ला निस्केको सातदेखि आठ महीनामा बधिया भाले तयार हुन्छ । हर्क चौधरी भन्नुहुन्छ, “अरु कुखुराको मासुभन्दा अति मीठो, कस्सिएको मासु हुन्छ भन्छन् र मान्छे घरमै लिन आउछन् ।” उहाँका अनुसार एउटा बधिया भाले करीब तीनदेखि साढे तीन किलोसम्म हुन्छ र त्यसको मूल्य रु तीन हजार पर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : ३० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्