२०८०, १७ आश्विन बुधबार

जुम्लामा केन्द्रीय प्रसारण लाइन जोडिने

जुम्लामा केन्द्रीय प्रसारण लाइन जोडिने


खलङ्गा, ६ मङ्सिर : जुम्लामा आगामी दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने भएको छ । कोहलपुर हुँदै दैलेखको महाबु र कालिकोटको चिल्खायाबाट जुम्लाका लागि ३३ केभीको केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने नेपाल विद्युत् प्राधिकरणका शम्भुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले प्रसारण गर्दै आइरहेको विद्युत् सेवाका विषयमा आज चन्दननाथ नगरपालिकामा आज भएको छलफलमा प्राधिकरणका पौडेलले जुम्लामा केन्द्रीय विद्युतीकरणमा जोड दिनुभयो । छलफलमा राजनीतिक दल, नागरिक समाज र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।

साना जलविद्युत् उपभोक्ता समितिसँग प्राधिकरणले गरेको १० वर्षे सम्झौताको समय अवधि समाप्त भएकाले पुनःनवीकरणका लागि निवेदनसमेत दिएको विद्युत् प्राधिकरणका खेम लम्सालले जानकारी दिनुभयो । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री बलबहादुर महतले जुम्लाको सन्दर्भमा विद्युत्को ठूलो समस्या भएकाले पहिलो प्राथमिकतामा राखेर काम गरिदिन विद्युत् प्राधिकरणका टोलीसँग आग्रह गर्नुभयो ।

पूर्वसंसद देविलाल थापा र चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पर्याप्त विद्युत् प्रवाह नहुँदा सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीको कामकाजमा समस्या भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४२ बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ