२०८१, १२ श्रावण शनिबार

सुत्केरीलाइ स्याहारसुसार भन्दा घर निकाला र मुद्दा

सुत्केरीलाइ स्याहारसुसार भन्दा घर निकाला र मुद्दा


दाङ ५ मङ्सिर :  नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताउनुभयो ।

तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेको बताइएको छ । “तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महीनाबाटै पिट्न शुरु गर्नुभयो,” पीडित दुर्गाले भन्नुभयो, “गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।”

सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताउनुभयो । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन् ।

केही दिनपहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिनुभएको थियो । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फकाई दिएको पीडितले बताउनुभयो । घोराहीमा मंगलबार पत्रकारसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ६ : ४८ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्