२०८१, १५ बैशाख शनिबार

प्रथम प्रकाश स्मृति कप : एपिएफ र दीपशिखा नैकाप सेमिफाइनलमा

प्रथम प्रकाश स्मृति कप : एपिएफ र दीपशिखा नैकाप सेमिफाइनलमा


चरिकोट, ४ मङ्सिर: दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट एपिएफ नेपाल र दीपशिखा नैकाप सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपिएफ र चितवन जिल्ला फुटबल सङ्घबीच पहिलो खेलमा २–१ गोल अन्तरले जीत हात पार्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफका विश्वराम खत्री र सुजन चौधरीले सम्मान एक–एक गोल गरेका थिए । गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि चितवनले वललार्ई गोलमा परिणत गर्न सकेन अन्तमा सुरेश कुमालले एक गोल फर्काएका थिए ।

दीपशिखा नैकाप र श्री कुमारी क्लबबीच आजै भएको दोस्रो खेलमा ५–० गोलको फराकिलो अन्तरले दीपशिखाले जीत हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दीपशिखाले आइभेरी कोस्टका चार खेलाडी मैदानमा उतारेर खेलाइरहेको छ । राष्ट्रियस्तरमा राम्रो खेल्ने श्री कुमारी क्लबले खेल उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलको खेलमा जाने सपना दीपशिखाले रोकिदिएको छ । बुधबार क्वार्टरफाइनलको अन्तिम खेल प्लानिङ ब्वाइज र काभ्रे जिल्ला फुटबल सङ्घबीच हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने