२०८१, २५ बैशाख मंगलबार

काभ्रेको प्रशासन व्यवसायीसँग मस्ती, रोशीका अवैध क्रसरलाई प्रशासनको साथ

काभ्रेको प्रशासन व्यवसायीसँग मस्ती, रोशीका अवैध क्रसरलाई प्रशासनको साथ


धुलिखेल ४ मंसीर  काभ्रेको प्रशासनले व्यवसायीसँग साँठगाँठ बढाउँदै मस्तराम भएपछि जनताले त्यसबाट सास्ती खेप्नु परेको छ । काभ्रेमा अवैध ढुंगा र बालुवा खानी, विना दर्ताका क्रसर उद्योगहरु र ईट्टा भट्टाका व्यवसायीहरुसँग जिल्ला प्रशासन र प्रहरी मस्त हुने गरेकाले स्थानीयहरुले गाँसबास नै गुमाउनु पर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

तातोपानी नाका बन्द भएपछि काभ्रेमा प्रहरी प्रशासनले बालुवा, गिट्टी र ढुंगाको दोहनबाट गर्न सकिने मोटो आम्दानीमा आँखा गाडेकाले स्थानीयले यस्तो सास्ती व्यहोर्नु परेको हो । अहिले प्रशासनले त्यस्ता अवैध व्यवसायबाट असुली गर्दै मनग्य आम्दानी गरेको प्रशासन निकट स्रोत बताउँछ । अवैध उद्योगहरुनै काभ्रेमा अहिले कमाइको मुख्य स्रोत बनेको छ । महाभूकम्पपछि काभ्रेमा ‘दिन दुगुना, रात चौगुना’ बालुवा, गिट्टी र ढुंगाको दोहन निरन्तर भइरहेको छ । काभ्रेमा मात्रै होइन सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा पनि यस्तो दोहन चलिरहेकै छ । हरेक जिल्लाका प्रहरी र प्रशासनका प्रमुखहरु फेरिँदा अवैध दोहोनलाई रोक्ने प्रतिबद्धता जनाउने गरेका छन् । यो प्रहरी प्रशासनको अवैध धन्दा गर्नहरुसँग सम्बन्ध स्थापित गर्ने एउटा सुत्रको रुपमा प्रयोग भएको पाइएको छ । यसलाई व्यवसायीले पनि सम्बन्ध स्थापित गर्ने शुत्रको रुपमा बुझ्ने गरेका छन् । उक व्यवसायी निकट स्रोतकाअनुसार सुरुमा धम्क्याउँछन् र पछि त्यसलाई नै कमाइको स्रोत बनाउने गरेका छन् । जसका कारण जिल्ला नै बाढीपहिरोको उच्च जोखिममा मात्र परेको छैन कयौं बस्तीको उठिबास लाग्ने अवस्था आएको छ ।

यसरी उठिबास लगाउने गरी सञ्चालित उद्योगहरु यसअघि देखिनै निरन्तर चलिरहेका थिए । काभ्रेमा एसपी रवीराज खँड्का आएलगत्तै पत्रकारसँगको पहिलो भेटमा जिल्लाको नियमविपरितका क्रसर र खानी तथा उद्योगहरु बन्द गर्ने प्रतिवद्धता जनाएका थिए । त्यस्तै उनले गुण्डागर्दीको समेत अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए । तर त्यो व्यवहारमा रत्तिभर देखिएको छैन । उनी आउँदा जस्तो अवस्था थियो त्यस्तै रहेको छ । सामाजिक घटना बढेका छन् । अवैद्य कारोबार पनि रोकिएको छैन बरु मौलाएको छ ।

काभ्रेमा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रमुख प्रायः फेरिरहन्छ । ती प्रमुखहरु फेरिने वितिकै पत्रकार सम्मेलन, नागरिक भेटघाट र रात्रिभोजको आयोजना समेत व्यपारीहरुले नै गर्ने गरेका छन् । नयाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रमुखको पहिलो एजेण्डा गुण्डागर्दी नियन्त्रण, अवैध खानी बन्द गर्ने लगायतका थुप्रै आकर्षक नारा दिन्छन् । यसले जिल्लामा अब त केही हुन्छ कि भनेर चर्चा पनि चल्छ । तर, विस्तारै यी नारा असुलीको हतियार बन्ने गरेको छ । यतिमात्रै होइन कानुनको गुड्डी हाँक्नेहरुले गैह्र कानुनी रुपमा सञ्चालनमा रहेका उद्योगी व्यवसायीसँग ‘गुड फ्राइडे’ रमाउने गरेका छन् ।

ट्राफिक प्रहरी र प्रहरीले नै टिपर चालकदेखि उद्योगीहरुसँग ‘हप्ते’ र ‘महिने’ उठाएर आफूहरु मर्कामा परेको ट्रिफर व्यवसायीहरु बताउँछन् भने उनीहरुले मोटो कमाइ गरेको प्रष्ट हुन्छ । निमविपरितका उद्योगहरुले आम सर्वसाधारणले पालना गर्नुपर्ने नियमबाट समेत सधैं छुटकारा पाउँदै आएका छन् । यसमा प्रशासनले सँधै आँखा चिम्लने गरेको छ । त्यसको पुष्टि त हालै सडकको मापदण्डलाई मिचेर बनाइएका सर्वसाधारणको आवासमा आँखा चिम्लेर डोजर चलाएको प्रशासनले उस्तै मापदण्ड मिच्ने वीपी राजमार्ग आसपासमा रहेका रोशीका क्रसर उद्योगहरुलाई भत्काउनु त टाढाको कुरा छुने हिम्मतसम्म गरेन । इलाका प्रहरी कार्यालय मंगलटारको पक्की पर्खालमा पु्ग्दा प्रशासनको आँखा अध्यारो भयो र नजिकै रहेको दुःखजिलो जिविकोपार्जन गर्ने जनताको घरमा ठोक्किएको थियो । प्रहरीले त नियमविपरितका काभ्रेका विभिन्न अवैध क्रसर उद्योग, बालुवा तथा ढुंगा खानीमा लगानी समेत गरेको खुलेको छ । देउपुरमन्डनमा भएको ट्रक दुर्घटनापछि यस्तो सहस्य बाहिरिएको छ । अवैध खानी हेर्न जानेक्रममै नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक डीआईजी सुशीलकुमार भण्डारीको मृत्यु भएपछि यसको रहस्य खुलेको हो ।

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ४५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने