२०८०, ४ आश्विन बिहीबार

राजपा संयोजकमा महतो

राजपा संयोजकमा महतो


काठमाडौँ, ४ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक हुनुभएको छ । आज पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उहाँलाई संयोजक चयन गरेको हो ।

बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह¥याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिनुभयो ।

उहाँले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिनुभयो । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ०४ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका