Logo

दृश्यावलोकनका लागि हिमाली उडान हुने



विराटनगर, ४ मङ्सिर: विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ । होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान भाडामा लिई प्रत्येक शनिबार बिहान हुने हिमाली उडानमा पर्यटकले कञ्चनजङ्घा, मकालु, सगरमाथा, ल्होत्से र गौरीशङ्कर हिमालको नजीकबाट अवलोकन गर्न सक्नेछन् ।

यहाँका सात ट्राभल्स एजेन्सीले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त उडान ५५ मिनेटको हुनाका साथै नेपाली तथा सार्क मुलुकका पर्यटकले रु नौ हजार ९०० भुक्तानी गर्नुपर्नेछ । प्रदेश नं १ मा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकलाई विशेष प्याकेजको सुविधासहित आगामी दिनमा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । भारतका विभिन्न प्रदेशमा करोडाँै जनताको बसोबास रहेकाले यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्राण्डिङका रुपमा बिक्री गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नं १ को सरकार, सङ्घीय सांसद, प्रदेश सदस्य, स्थानीय सरकार, उद्योगी, व्यापारी र सङ्घसंस्थाहरुलाई उक्त हिमाली उडान सेवा दिगो बनाउन सहयोगका लागिसमेत आग्रह गरिएको छ । सो प्रदेशमा हाल १४ वटा विमानस्थल रहेकामा विराटनगरबाट–तुम्लिङटारमा हवाई सेवा सञ्चालन भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए विराटनगरबाट फाप्लु दैनिक पाँच वटा उडान सञ्चालन गर्न सकिने बताइएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार