Logo

अनुदानको नुनमा कालोबजारी



बाजुरा, मंसिर २ : ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्, पसलमा जाँदा पाइन्छ । व्यापारीबाट खरिद गर्दा हामी बढी मूल्य तिर्न बाध्य छौं’, खप्तड छेडेदह गाउँपालिका–१ की भाना थापाले दुखेसो गरिन् ।

व्यापारीबाट २५ रुपैयाँमा एक किलो नुन किन्नुपर्छ बूढीगंगा नगरपालिकाका भुवन थापाले भने । ‘कर्मचारीले किलोमा चार रुपैयाँ कमिसन लिन्छन् । व्यापारीले २५ रुपैयाँमा बिक्री गर्छन्’, थापाले भने । अरू ब्रान्डका नुन पनि २५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । ‘भानु नुनमा आयोडिन बढी हुने भएकाले धेरैको रोजाइमा पर्दा कालोबजारी मौलाएको हो’, उनले भने । ढुवानी अनुदानको नुन बिक्री गर्न दुई वर्षअघि साल्ट ट्रेडिङले मौरेमा डिपो खोलेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘अन्य ब्रान्डको नुन पनि हामी २५ रुपैयाँमा नै बिक्री गर्छौ । भानु नुन धेरै बिक्री हुन्छ । डिपोबाट पाएपछि बेच्नै पर्यो’, एक व्यवसायीले भने । साल्ट ट्रेडिङ कर्पाेरेसनको मौरे डिपो कार्यालयका कर्मचारी महावीर साउदले भने ढुवानी अनुदानको नुन व्यवसायीलाई बिक्री नगरेको दाबी गरे । ‘उपभोक्तालाई दुई क्विन्टलसम्म दिन्छौं । त्यही नुन कसैले बेच्यो भने हामी केही गर्न सक्दैनाैं’, साउदले भने । डिपोले ९ रुपैयाँमै नुन बिक्री गरेको साउदले जनाए ।

भानु नुन बजारमा छ्यापछ्याप्ती पाइएपछि प्रशासनले पनि निगरानी बढाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बजारमा भानु नुन निर्वाध बिक्री भइरहनु कालाबजारीकै कारणबाट सम्भव भएको बताए । यसबारे डिपोका कर्मचारीसँग प्रशासनले सोधपुछ गरेको छ । नेपालमा शक्ति, भानु, र आयो नुन बिक्री वितरण हुने गरेको छ । भानु नुन दुर्गम क्षेत्रमा ढुवानी गर्न सरकारले अनुदान दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार