Logo

बालकुमारीमा रेविजको प्रकोप



बेत्रावती, १ मङ्सिर: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ । गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलन शुरु गरेको रोगले अहिले सिङ्गोगाउँ नै प्रभावित भएको हो । कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेट्टिएका छन् । ती मर्नुका कारण रेविज रहेको पुष्टि भएकाले नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“माँझगाउँका किसानले पालेका अधिकांश पशुचौपायमा रोगको लक्षण देखिएकाले खोप अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो, “क्षति पुग्न नदिन पशु प्राविधिक परिचालन गरिएको छ भने नियमित पाँच पटक लगाउनुपर्ने खोप निःशुल्क उपलब्ध गराइएको छ ।” नियमित खोप लगाउनुपर्ने र पशुचौपाया एक वटालाई पाँच पटकसम्म खोप दिनुपर्ने भएकाले रोग नियन्त्रणमा आउन करीब एक महीना लाग्ने पशु प्राविधिकले बताएका छन् । गाउँपालिकाले पशुचौपायाको रेखदेख एवं स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ । रोगलाई महामारीका रुपमा फैलन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठको छेउमा आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान भनिएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार