२०८१, ७ बैशाख शुक्रबार

असल कम्युनिष्ट कार्यकर्ता बन्न पढ्नैपर्ने यी हुन् ४२ मार्क्सवादी पुस्तक

असल कम्युनिष्ट कार्यकर्ता बन्न पढ्नैपर्ने यी हुन् ४२ मार्क्सवादी पुस्तक


कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी पनि भनिन्छ । नेता बन्न बौद्धिकता र विषयवस्तुबारे गहिरो ज्ञान चाहिन्छ । कम्युनिष्ट सिद्धान्त त्यस्तो सिद्धान्त हो, जसले बनिबनाउ समाज र मान्यताहरु भत्काएर नयाँ बाटो हिड्छ, विज्ञान र अनुसन्धानमा नयाँ–नयाँ तथ्यमा रमाउँछ ।

तर, हामीकहाँ पछिल्लो समय पढ्ने संस्कृति कमजोर हुँदै गएको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पढ्दैनन्, विषयको ज्ञान राख्दैनन्, समाजको भेल जता बगेको छ, त्यतै लहसिन्छन् । यसले कम्युनिष्ट पार्टीको गरिमा नै कमजोर भइरहेको छ ।

कम्युनिष्ट पार्टीको सदस्य हुनु आफैमा विश्वविद्यालयमा भर्ना हुनु हो । यसले ज्ञान र विज्ञानका प्रायः सबै शाखा बुझ्नुपर्छ, जान्नुपर्छ । कार्यकर्ताले पढ्नैपर्ने दशौं हजार किताब छ । तर, एउटै आलेखमा ती सबैलाई समेट्न सम्भव छैन ।

यो आलेखमा हामीले कम्युनिष्ट पार्टीका कार्यकर्ताले पढ्नैपर्ने ४२ पुस्तक, त्यसका लेखक र पुस्तकको मुल भाव प्रस्तुत गरेका छौं । तपाई पनि पढ्नुस् र साथीलाई पनि पढ्न प्रेरित गर्नुस् ।

१. पूँजी, भाग १, २ र ३ :  कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा अतिरिक्त श्रमद्वारा पैदा हुने अतिरिक्त मूल्य, पूँजीवाद र सर्वहारा वर्ग, साम्यवाद र कम्युनिष्ट लगायतका विषयमा विपद व्याख्या गरेका छन् । यो कम्युनिष्टहरुका लागि सबैभन्दा महत्वपूर्ण पुस्तक हो ।

२. अतिरिक्त मूल्यको सिद्धान्त :  कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक मार्क्सवादी अर्थशास्त्र सम्बन्धि विषद् पुस्तक हो । पुस्तकले अतिरिक्त श्रमद्वारा गर्ने अतिरिक्त मूल्यको विषयमा व्याख्या गरेको छ । यो पुस्तक निकै महत्वपूर्ण छ ।

३. कम्युनिष्ट घोषणापत्र : सन् १९४८ मा मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र विश्वका सबै कम्युनिष्टहरुका लागि दिशानिर्देश हो । यस पुस्तकमा सर्वहारा वर्गको विजयबारे संक्षिप्त तर गहन व्याख्या गरिएको छ ।

४. दर्शनको दरिद्रता : कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक प्रुधोंद्वारा लिखित दरिद्रको दर्शन पुस्तकको खण्डन हो । मार्क्सवादलाई दरिद्रको दर्शन ठान्ने प्रुधों नै दर्शनको दरिद्र रहेको मार्क्सले पुस्तकमा उल्लेख गरेका छन् ।

५. पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) :  र गोथा कार्यक्रमको आलोचना – कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा पेरिस कम्युन, त्यसले पैदा गरेका वैचारिक र राजनीतिक आयामहरुबारे प्रकाश पारिएको छ ।

६. ड्युहरिङ मतखण्डन : फ्रेडरिक एंगेल्सद्वारा लिखित यस पुस्तकमा चिन्तक ड्युहरिङको मतको खण्डन गरिएको छ । यो पुस्तक दर्शनसम्बन्धि रुचि राख्ने पाठकका लागि महत्वपूर्ण मानिन्छ ।

७. भौतिक विज्ञानको विकासक्रम : अल्वर्ट आइन्स्टाइनद्वारा लिखित यस पुस्तकमा भौतिक शास्त्र र आइन्स्टाइनले गरेको अनुसन्धानको बारेमा चर्चा गरिएको छ ।

८. मानव समाज : राहुल सांस्कृत्यायनद्वारा लिखित यस पुस्तकमा मानव जातिको उत्पत्ति, राज्यको उत्पत्ति र विकास, मानव समाज र सङ्घर्षबारे व्याख्या गरिएको छ ।

९. प्रकृतिको द्धन्द्धात्मकता :  एंगेल्सद्वारा लिखित यस पुस्तकमा प्रकृति, यसको द्धन्द्धात्मक सम्बन्ध, भौतिक विज्ञान र सामाजिक अन्तर्सम्बन्धबारे गहन व्याख्या गरिएको छ ।

१०. परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति : एंगेल्सद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा नश्ल, गोत्र, वंश, जात, जाति, राष्ट्रको उत्पत्ति र विकासबारे व्याख्या गरिएको छ । पुस्तकमा नीति सम्पत्ति, राज्यको उत्पत्ति र यसका कारणबारे व्याख्या गरिएको छ ।

११. राज्य र क्रान्ति  यो लेनिनद्वारा लिखित पुस्तक हो । पुस्तकमा लेनिनले राज्य, राज्यको चरित्र, राज्यसत्ता परिवर्तनमा क्रान्तिको भूमिका, यसका वैचारिक आधार, कम्युनिष्ट कार्यनीति, संगठन र सङ्घर्षबारे गहिरो विवेचना गरेका छन् ।

१२.वामपन्थी साम्यवाद स् एक बाल रोग :  लेनिनद्वारा लिखित यस पुस्तकमा उग्रवामपन्थी भड्कावबारे चर्चा गरिएको छ । आत्मगत र वस्तुगत परिस्थिति तयार नहुँदै मनोगत आकांक्षाका भरमा क्रान्ति हुन नसक्ने तथ्यलाई पुस्तकमा प्रकाश पारिएको छ ।

१३. कम्युनिष्ट नैतिकता : कम्युनिष्टहरुका पाँच मूख्य नेताहरुका दृष्टिकोणमा आधारित यो पुस्तक संकलित रचना हो । यस पुस्तकमा सामाजिक एवं व्यक्तिगत जीवनमा कम्युनिष्टहरुले अपनाउने बानी, व्यहोरा, दृष्टिकोण, संस्कार र संस्कृतिबारे चर्चा गरिएको छ ।

१४. आमा :   म्याक्सिम गोर्कीद्वारा आमा पुस्तक लिखित क्रान्तिकारी उपन्यास हो । यो रुसी क्रान्तिका दौरानमा लेखिएको विश्वप्रख्यात उपन्यास हो । नयाँ पुस्ताका क्रान्तिकारीले पढ्नैपर्ने पुस्तक हो आमा ।

१५. स्टालिनका छानिएका रचना :   कृष्णदास श्रेष्ठद्वारा लिखित यस पुस्तकमा स्टालिनको शासन कालका उनका महत्वपूर्ण रचना र विचार समेटिएको छ । स्टालिनबारे जान्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ ।

१६. राजनीतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त साङ्घाई टेक्टबुक :  माओत्सेतुङका गहन विचारहरुलाई समावेश गरेर तयार पारिएको यो पुस्तक प्रसिद्ध रचना हो । मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजशास्त्रका दृष्टिले यो पुस्तक गहन छ ।

१७. दर्शनबारे पाँच कृति:   माओत्सेतुङद्वारा लिखित यस पुस्तक संक्षिप्त तर गहन छ । पुस्तकमा ज्ञानको स्रोत, ज्ञानको व्यवहारिक प्रयोग र यसका दार्शनिक पक्षबारे चर्चा गरिएको छ । मार्क्सवादी दर्शनमा यो पुस्तक धेरै गहन मानिन्छ ।

१८. माओत्सेतुङ्का सैनिक रचना : विभिन्न भागमा प्रकाशित यस पुस्तकमा माओत्सेतुङका सैनिक दृष्टिकोण, निर्देशन र फौजी कार्यदिशा सम्बन्धि महत्वपूर्ण दस्तावेजहरु समेटिएका छन् ।

१९. सर्वहारा सांस्कृतिक क्रान्तिका ऐतिहासिक दस्तावेज : यस पुस्तक सन् १९६६–१९७६ को चिनियाँ सांस्कृतिक क्रान्तिलाई बुझ्न धेरै उपयोगी छ । यस पुस्तकमा सांस्कृतिक क्रान्ति कालका दस्तावेजहरु समाविष्ट छन् ।

२०. महान बहस :    यो पुस्तक रुसमा ख्रुश्चेवको नेतृत्व सन् १९५६० पछि रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेका वैचारिक बहसको संकलित रचना हो । यसमा रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक बहसका रुपमा एक–अर्कालाई पठाएका प्रायः सबै चिठीहरु संकलित छन् ।

२१. नयाँ जनवादी क्रान्ति:   चिनियाँ लेखक हो कान चद्वारा लिखित यस पुस्तकमा चिनियाँ नयाँ जनवादी क्रान्ति, यसका विशेषता र विश्व कम्युनिष्ट आन्दोलनमा यसको योगदानबारे चर्चा गरिएको छ ।

२२.चीनको आधुनिक इतिहास:  सी चिनफिङका वैचारिक लेख, प्रतिवेदन र मन्तव्यहरु संग्रह गरेर तयार पारिएको यो पुस्तक चीनको पछिल्लो विकास र समाजवादको अभ्यासबारे बुझ्न निकै उपयोगी छ । यसमा सीले चीनको रणनीतिक विकास र सुदृढीकरणबारे बृहत दृष्टिकोण प्रस्तुत गरेका छन् ।

२३. मार्क्सवादी दर्शन :  यो पुस्तक मोहन वैद्यद्वारा लिखित दार्शनिक तथा वैचारिक आलेखहरुको संग्रह हो । पुस्तकमा वैद्यले दर्शन, अर्थशास्त्र र समाजवादका आयामहरुबारे व्याख्या गरेका छन् । मार्क्सवादी दर्शनमा रुचि राख्नेहरुका लागि यो उपयोगी पुस्तक हो ।

२४. सङ्घर्षको दर्शन :  मोहन वैद्यद्वारा लिखित सङ्घर्षको दर्शनमा मार्क्सवाद र संशोधनवाद बीचको वैचारिक अन्तर खुट्याउने प्रयास गरिएको छ । मार्क्सवाद रुचि राख्ने पाठकहरुका लागि यो उपयोगी पुस्तक हो ।

२५. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान :   रुसी लेखक भिक्टर आफानास्योभद्वारा लिखित यो पुस्तक धेरै गहन र सरल छ । पुस्तकमा दर्शन, यसको उत्पत्ति, राज्य र यसको विकास, ब्रह्माण्ड र त्यसको भौतिक जीवनमा सम्बन्ध, समाजवाद र यसका आयामबारे स्पष्ट व्याख्या गरिएको छ । यो मार्क्सवादका विद्यार्थीहरुले पढ्नैपर्ने पुस्तक हो ।

२६. नेपाली क्रान्तिका समस्याहरु  भाग १, २, ३ र ४ :  यो नेकपाका अध्यक्ष प्रचण्डका नीजि लेखहरुको संग्रह हो । चार खण्डमा प्रकाशित पुस्तकमा नेपाली क्रान्ति, यसको सम्भावना र चुनौतिबारे विविध लेख समेटिएका छन् । नेपालको जनयुद्ध र त्यसको तयारीको वैचारिक दिशा बुझ्न पुस्तक धेरै उपयोगी छन् ।

२७. पूर्वीय दर्शन:   डा. भक्त राईद्वारा लिखित यो पुस्तक धेरै गहन छ । पुस्तकमा भौतिकवादी दर्शन, दर्शनका विभिन्न कालखण्ड र त्यस समयका दार्शनिकहरुबारे चर्चा गरिएको छ । दर्शनको उत्पत्ति र भौतिकवादबारे जान्न चाहनेहरुका लागि पुस्तक धेरै उपयोगी छ ।

२८. हाम्रो समाज:   जनकलाल शर्माद्वारा लिखित पुस्तक धेरै उपयोगी छ । पुस्तकमा पृथ्वीको उप्पत्ति, प्राणिहरुको उत्पत्ति, एककोषीय जीव, मानवको उत्पत्ति, आदिम साम्यवाद, कबिला समूह, श्रमको उत्पत्तिदेखि मानव सभ्यताका विविध आयामहरुलाई गहन रुपमा प्रस्तुत गरिएको छ । यो पुस्तक निकै सरल र विषद् पनि छ ।

२९. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास भाग १, २, ३ : डा. सुरेन्द्र केसीद्वारा लिखित यस पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलनबारे उल्लेख गरिएको छ । पुस्तकमा नेकपाको स्थापना, विकास, विभिन्न राजनीतिक धारा र सङ्घर्ष लगायतका विषयलाई तीन भागमा व्याख्या गरिएको छ ।

३०. विश्व कम्युनिष्ट आन्दोलनको इतिहास : मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक धेरै संक्षिप्त र गहन छ । पुस्तकमा पेरिस कम्युन, रुस, चीन, फिलिपिन्स, भारत लगायत विश्वभर चलेका कम्युनिष्ट आन्दोलन, त्यसका नेता र प्रवृत्तिबारे चर्चा गरिएको छ ।

३१. सोभियत कम्युनिष्ट पार्टीको इतिहास :  रुसी कम्युनिष्ट पार्टीको इतिहास समेटिएको यो पुस्तक रुसी क्रान्ति, सशस्त्र विद्रोह र यससम्बन्धि दृष्टिकोण बुझ्न निकै उपयोगी छ ।

३२. चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास :   यस पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना, दीर्घकालीन जनयुद्धको थालनी, जापानद्वारा चीनमाथि गरिएको हमला, जनवादी क्रान्तिको विजय लगायतको चीनको क्रान्तिकारी आन्दोलनको इतिहास समाविष्ट छ ।

३३. पेमालामा प्रश्नोत्तर माला :  मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे जान्न चाहनेहरुका लागि प्रारम्भिक पुस्तक हो । पुस्तकमा कम्युनिष्ट आन्दोलन र विचार सम्बन्धि आधारभूत कुराहरुलाई पेमा र लामाबीचको सम्वादका रुपमा प्रस्तुत गरिएको छ । मार्क्सवादबारे आधारभूत ज्ञान राख्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ ।

३४. प्राकृतिक भौतिकवाद :   गोपीरमण उपाध्यायद्वारा लिखित यो पुस्तक गहन छ । पुस्तकमा भौतिक चिन्तन, चिन्तकहरु, त्यसको कालखण्ड र विकासबारे गहन प्रकाश पारिएको छ ।

३५. धर्म र मार्क्सवाद :   यो पुस्तक धर्म र मार्क्सवादी दृष्टिकोणबारे लेखिएका लेखहरुको संग्रह हो । पुस्तकमा धर्म र मार्क्सवाद सम्बन्धि मार्क्सवादी दृष्टिकोण प्रस्तुत गरिएको छ ।

३६. नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु:   यो नेकपा ९माओवादी० द्वारा प्रकाशित कृति हो । पुस्तकमा नेकपाको स्थापनादेखि महान् जनयुद्ध लगायत सबै कालका महाधिवेशन, सम्मेलन, विस्तारित बैठक र केन्द्रीय समितिमा प्रस्तुत भई पारित भएका दस्तावेजहरु संग्रहित छन् । माओवादी आन्दोलनको वैचारिक श्रृङ्खला बुझ्न चाहनेहरुका लागि यो निकै उपयोगी पुस्तक हो ।

३७. राजनीतिक अर्थशास्त्रको आँखीझ्याल :  डा.बाबुराम भट्टराईद्वारा लिखित यो पुस्तक निकै महत्वपूर्ण छ । नेपालको परिप्रेक्ष्यमा उत्पादन सम्बन्ध र अर्थतन्त्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा पुस्तकमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ ।

३८. मार्क्सवादी अर्थशास्त्र :  डा.विजयकुमार पौडेलद्वारा लिखित यस पुस्तकमा राजनीतिक अर्थशास्त्र परिचय, अभ्यास र नेपाली सन्दर्भमा यसको प्रयोगबारे चर्चा गरिएको छ । प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीभित्र मार्क्सवादी अर्थशास्त्रको अभ्यासका लागि पुस्तक उपयोगी छ ।

३९. नयाँ घर : नेता एवं साहित्यकार आहुतिद्वारा लिखित यो उपन्यास क्रान्तिकारी विचार र भावनाले ओतप्रोत छ । पुस्तकमा क्रान्तिका लागि क्रान्तिकारी सङ्घर्षमा लाग्न अभिप्रेरित गरिएको छ ।

४०. मार्क्सवाद चिनारी :  कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे आधारभूत कुरा जान्न चाहने विद्यार्थीका लागि उपयोगी छ । यसमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ ।

४१. मार्क्सवादको पहिलो पुस्तक :  कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तकमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ । नयाँ विद्यार्थीका लागि यो निकै उपयोगी पुस्तक हो ।

४२. मार्क्सवादको मुल सिद्धान्त :  जनेश्वर बर्माद्वारा लिखित यस पुस्तकमा मार्क्सवादका तीन संघटक अंगको विवेचना गरिएको छ । मार्क्सवादप्रति रुचि राख्ने विद्यार्थीहरुका लागि पुस्तक उपयोगी छ । लोकपाटीबाट साभार

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ०७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता