Logo

कृषिमन्त्रीद्वारा दुई मुख्य योजनामा सहमति



जितपुर, ३० कात्तिक : कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाल कपिलवस्तुमा योजना छनौट बैठकमा सहभागी हुनुभएको छ । क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास कार्यक्रमको योजना छनौट बैठकमा समितिको संयोजकका रुपमा उहाँ सहभागी हुनुभएको हो ।

बैठकपछि उहाँले क्षेत्र नं १ को दिगो विकासमा टेवा पु¥याउने दुई मुख्य योजनासहित अन्य २० वटा योजना सर्वसहमतिका साथ छनौट गर्न सबैलाई आग्रह गर्नुभएको थियो । अनौपचारिक छलफलका साथ भएको बैठकमा दुई मुख्य योजनामा सहमति भएको छ ।

जसमा लक्ष्मणघाट अमौली, तीनघेरवा, बैदौली हुँदै झलनीपुल सडक कालोपत्र गर्ने र शुद्धोधन गाउँपालिकामा कन्या कलेज स्थापना गर्ने योजना छनौट भएका छन् । ती रु ५०÷५० लाखका ठूला योजना हुन् । अन्य २० योजना छनौट गर्नुपर्नेमा समितिका सदस्य रहेका अन्य सांसदहरुले २७ भन्दा वढी योजना पेश गरेपछि सहमति जुट्न सकेन ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार