२०८१, १२ श्रावण शनिबार

सफल व्यावसायिक माछापालक तुलबहादुर

सफल व्यावसायिक माछापालक तुलबहादुर


दाङ, २७ कात्तिक :  तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल हुनुभएको छ ।

उहाँले करीब चार बिघा क्षेत्रफलमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको हो । तुलसीपुर बजारदेखि चार किलोमिटर दक्षिण पश्चिममा पर्ने गौरीगाउँमा रहेको उहाँको घरमा अहिले दैनिक माछा लिन आउनेको सङ्ख्या बढ्दोे छ । आठ वर्षदेखि माछापालन गर्दै आएकामा विगत चार वर्षदेखि आफ्नै घरमा र आफ्नै लगानीमा यो काम गर्दै आएको उहाँ बताउनुहुन्छ ।

अहिले माछापालनबाट सबै खर्च कटाएर वार्षिकरुपमा रु १३ लाखसम्म बचत गर्न सफल भएको बस्नेत बताउनुहुन्छ । चार वर्षसम्म स्थानीय गौरी तालमा ठेक्कामा लिएर माछापालन व्यवसायमा आबद्ध हुनुभएका बस्नेत त्यस बेला माछा बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि रु ४२ लाख खर्च गरी आफ्नै जमीनमा पाँचवटा पोखरी निर्माण गरेर घरमै व्यावसायिक रुपमा माछापालन शुरुआत गरेको बताउनुहुन्छ ।

“घरमा माछा लिन आउनेले पनि अहिले कसरी र कहिलेदेखि यो व्यवसायको शुरुआत गर्नुभयो भन्दै सोध्छन्,” उहाँ भन्नुुहुन्छ, “ शुरुमा मकै तथा तोरी लगाउने गरेको र राम्रै उत्पादन हुँदै आएको जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा आफूलाई केही गाह्रो भएको थियो तर चार वर्षसम्म गौरीतालमा माछापालन गरेर बिक्री भएको आम्दानीका कारण आफू घाटामा भने नपर्ने विश्वासले नै यो व्यवसाय शुरु गरेको हुँ । ”

हाल उहाँको चार बिघा जमीनभित्रको पाँचवटा पोखरीमा ग्रास, कमन, रहु र नैनी जातका माछा छन् । त्यहाँ उत्पादन भएका माछा स्थानीय तुलसीपुर बजार तथा जिल्लाका अन्य बजारमा बिक्रीका लागि लगिन्छ ।

धेरै ग्राहक अहिले घरमै माछा लिन आउने गर्छन् । गत असारसम्म १५० क्विन्टल माछा बिक्री भएको बताउनुहुने बस्नेत अहिले त मौसम छ दैनिक पाँचदेखि १० क्विन्टलसम्म माछा बिक्री हुने गरेको जानकारी दिनुहुन्छ ।

उहाँले उत्पादन गरेका माछा प्रतिकिलो थोकमा रु १८० देखि २०० सम्म र फुटकरमा रु २५० देखि ३०० सम्म बिक्री हुँदै आएको छ । राज्यको हालसम्म रु एक पनि सहयोग नभएको र प्राविधिक सहयोगसमेत नपाएको बताउनुहुने बस्नेतले पोखरी मर्मत र भुरा उत्पादनमा सहयोगको अपेक्षा गर्नुभएको छ ।

माछामा समस्या देखिएमा भैरहवाका माछा विशेषज्ञ र लमहीमा माछापालन गर्दै आउनुभएका श्रीधर वलीसँग सहयोग लिने गरेको पनि उहाँ बताउनुुहुन्छ । अहिले यस व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुहुने बस्नेत गाउँघरमै बसेर माछापालनबाट राम्रो आम्दानी लिन सकिने भएकाले यो व्यवसायमा लाग्न बेरोजगारलाई सुझावसमेत दिनुह्ुनछ ।

मिहेनत र लगनशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै पाउन सकिन्छ उहाँ भन्नुहुन्छ

–नारायणी रजौरे

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ७ : २२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्