२०८१, ७ बैशाख शुक्रबार

बहस प्रदेश ३ को राजधानी : काभ्रे नहोस माछा, माछा भ्यागुतो

बहस प्रदेश ३ को राजधानी : काभ्रे नहोस माछा, माछा भ्यागुतो


धुलिखेल २७ कार्तिक : प्रदेश तीनको सरकारले प्रदेशको स्थायी राजधानी र नामाङ्कन टुंगो लगाउने अन्तिम कसरत गरिरहँदा काभ्रे जिल्लाको नाम पुनः एक पटक चर्चामा आएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले अस्थायी राजधानी तोक्दा देखिनै चर्चामा काभ्रे थियो । अब पनि प्रदेश सरकारले अन्तिम टुंगो नलगाउँदा सम्म काभ्रेको नाम चर्चामा रहिरहने निश्चित छ । तर काभ्रेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सासंदहरुको भूमिका र अन्य क्षेत्रका सासंदहरुको सहयोग यो मामलामा निकै महत्वूर्ण देखिन्छ ।

प्रदेशसभामा नाम र राजधानीको केन्द्रका बारेमा हुने छलफलमा सहभागि सासंदहरुले काभ्रे नै उपयुक्त हुने बताउने गरेका छन् । तर सदनमा राजधानीको केन्द्रका बारे काभ्रेका सासंदहरुले दर्ता गरेको प्रस्तावमा भने अन्य जिल्लाका सासंदहरु सर्थक र प्रस्तावक कतै पनि अटाएनन् । यद्यपी दोलखा, रामेछाप, सिन्धुली र उपत्यका भित्रका प्रदेश सासंदहरुले काभ्रे नै उपयूक्त भएको बताउँन छाडेका छैनन् ।

प्रदेशको राजधानी सम्भाब्यता अध्ययन गर्न गठित संसदीय विशेष समितिले काभ्रे जिल्लामा आएर अध्ययन पनि गरिसकेको छ । समिती संयोजक दीपक निरौला नेतृत्वको टोलीले आइटीपार्कको अध्ययन, अनुगमन गर्नुका साथै सरोकारवाला ब्यक्तिहरुसँग छलफल गरेको थियो । समितिले काभ्रे मात्रै होइन चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लालाई स्थायी राजधानीका लागि उपयुक्त हुने प्रस्ताव सहित प्रतिवेदन सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइ सकेको छ ।

तर अहिलेसम्म उक्त प्रतिवेदन सदनमा टेबल भने भइसकेको छैन् । ७ वटा प्रदेश मध्ये सबैभन्दा पहिला सरकार गठन भएको प्रदेश तीनमा अझै पनि नाम र राजधानी टुंगो नलाग्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । प्रदेशसभा गठन भएको छ महिनाभित्र स्थायी राजधानी र प्रदेशको नाम टुङ्गो लगाउनुपर्ने संबैधानिक ब्यवस्था छ । तर सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि अन्यौल यथावत नै छ ।

प्रदेश नम्बर ३ मा १ सय १० जना प्रदेशसभा सदस्य छन् । त्यस मध्ये अधिकाशंले अस्थायी राजधानी हेटौंडा अपायक भएको बताउँदै आइरहेका छन् । उता हेटौडाँमा भने प्रदेश राजधानी सार्ने कुरा चल्न साथ आन्दोलन हुने गरेको छ । तर काभ्रेमा चाँहि सासंद बाहेक अन्य क्षेत्रबाट राजधानीको लागि खास पहल र दबाब भएको पाइदैन् ।

काभ्रेका सांसदहरुले आइटीपार्कमा राजधानी बसाउन सकिने प्रस्ताव सदनमा प्रेस गरेका थिए । तर संघीय सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले करिब २ महिना अघि मात्रै धुलिखेलमा भएको एक कार्यक्रममा आइटीपार्कमा राष्ट्रिय सुरक्षण छपाई प्लाण्ट (सेक्यूरिटी प्रेस) स्थापना गर्ने बताए ।

हुन त काभ्रे जिल्लामा अन्य भवन नभएको चाँहि होइनन् । २०५७ सालमा २५७ रोपनी जग्गा खरिद गरी नेपाल सरकारले बनाएको पार्क अझै पनि पूर्ण रुपले सञ्चालनमा आउन सकेको छैन् । काभ्रेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सासंदहरु बसुन्धरा हुमागाई, रत्न ढकाल, चन्द्र लामा र लक्ष्मण लम्साल यति धेरै विश्वास्त छन कि काभ्रे नै प्रदेशको स्थायी राजधानी हो । चुनावका बेला यी बामपन्थी उम्मेदवारहरुले यहि कार्ड जनता माज विकाए । विजयी पनि बने ।

अहिले पनि शुभकामना आदानप्रदान देखि ठूल–ठूला सभा, सम्मेलनसम्म उनीहरुले यहि भाषण सुनाउन छुटाउँदैन । तर संघीय सरकार सेक्यूरिटी प्रेस राख्ने र प्रदेश सासंदहरु राजधानीको केन्द्र आइटी पार्कमा राख्ने भन्ने विवादको फाइदा अन्य जिल्लाले नउठाउँलान भन्न सकिन् । अगाडी हल्ला बेस्सरी गर्ने र गर्नु पर्ने ठाउँमा पहल पर्याप्त गरिएन भने अन्तिममा माछा, माछा भ्यागुतो नहोला भन्न सकिनन् ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ६ : ५३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता