२०८०, १५ चैत्र बिहीबार

देशभर छ महीनादेखि टिटी खोपको अभाव

देशभर छ महीनादेखि टिटी खोपको अभाव


काठमाडौँ, २५ कात्तिक: दुर्घटना, फलाम या खिया लागेको सामानले चोट पु¥याउँदा तथा जनावरले टोकेमा टिटानस ब्याक्टेरिया मार्न २४ घण्टाभित्रै लगाउनुपर्ने टिटानसविरुद्धको भ्याक्सिन हाल देशभरि नै अभाव भएको छ । करीब छ महीना बित्दा पनि भ्याक्सिनको सहज आपूर्ति हुन सकेको छैन । भारतको आन्तरिक समस्याका कारण यसको आयात हुन नसकेको औषधि व्यवस्था विभागले जनाएको छ । टिटानस रोगविरुद्धको भ्याक्सिन (टिटी खोप)को वैकल्पिक व्यवस्था नहुँदा सयौैँ बिरामी प्रभावित हुन पुगेका छन् । सरकारी तवरबाट अन्य धेरै खोपको निःशुल्क व्यवस्था भए पनि टिटीको भने भ्याक्सिन आपूर्तिको व्यवस्था छैन ।

अहिले नेपालमा मागको १० प्रतिशत पनि भ्याक्सिन आयात हुन सकेको छैन । औषधि व्यवस्था विभागसँग खपतको यकिन तथ्याङ्क नरहेपछि निजी वितरकका अनुसार मासिक करीब दुई लाख ४० हजार एम्पुल भ्याक्सिन खपत हुने अनुमान छ । राससका समाचारदाता काठमाडाँैका विभिन्न औषधि पसलमा पुग्दा केही पसलमा पुरानो मौज्दात भ्याक्सिन भए पनि अधिकांश औषधि पसल तथा फार्मेसीमा भ्याक्सिन थिएन । काठमाडौँको त्रिपुरेश्वर, थापाथली, मैतीदेवी, पुतलीसडकका सात औषधि पसलमा पुग्दा पाँच पसलमा खोप नआएको महीनौँ भएको पाइयो ।

तिहारअघि नर्भिक अस्पतालमा भ्याक्सिन नआएको महीना नाघेको थियो । देशका अन्य जिल्लामा समेत समस्या कायमै छ । काठमाडौँ पोलिक्लिनिक थापाथलीका सञ्चालक पङ्कज मेहता टिटी जस्तो महत्वपूर्ण भ्याक्सिन नहुनु दुर्भाग्य हो भन्नुहुन्छ । लामो समयदेखि थोक बजारमै भ्याक्सिन नभएको मेहताले बताउनुभयो । निम्स फार्मेसी, थापाथलीका राजु श्रेष्ठ तीन महीनादेखि भ्याक्सिन सकिएको बताउनुहुन्छ ।

औषधि व्यवस्था विभागका अनुसार करीब छ महीनादेखि नै टिटी खोपको अभाव छ । भारतबाट नेपालमा भ्याक्सिन निर्यात गर्ने कम्पनी र भारत सरकारसँगको मूल्य निर्धारणमा भएको समस्याले नेपालमा भ्याक्सिन अभाव भएको हो । “अभाव भएको छ महीना भयो, हामीलाई खबर आएको भने एक महीना भयो, त्यसपछि हामीले अहिले छिटो आयात गर्न पहल गरिरहेका छौँ ।” विभागका सूचना अधिकारी सन्तोष केसी भन्नुहुन्छ, “विभागले बजारमा औषधि र औषधिजन्य पदार्थको नियमन गर्ने काम गर्दछ । उहाँका अनुसार केही अत्यावश्यक भनिएका ठाउँमा आएको भ्याक्सिन पठाउने गरिएको छ ।” बजारमा भ्याक्सिन अभाव भएको छ महीना हुँदासमेत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भने बजारमा भ्याक्सिन अभाव भएको भन्नेबारेमा जानकारी नभएको प्रतिक्रिया दिनुहुन्छ ।

भारतको सेरम इन्स्टिच्युट र बायोलोजिकल इन्भान्स कम्पनीले नेपालमा टिटी भ्याक्सिनको आपूर्ति गर्दै आएको छ । इन्भान्स कम्पनीबाट आयात गरेर मेडी सेल्सले र सेरमबाट आयात गरेर श्रीओम ब्रदर्शले नेपालमा भ्याक्सिन वितरण गर्दै आएको छ । मेडी सेल्सका प्रोप्राइटर श्रीबिन्दु राजभण्डारी भारतको कम्पनी पुनःनिर्माणमा रहेकाले भ्याक्सिन आपूर्ति गर्न नसकेको भन्दै मागको १० प्रतिशत पनि आपूर्ति हुन नसकेको बताउनुहुन्छ । केही आपूर्ति हुन थालेकाले अब भने वितरण सहज हुने आशा वितरकको छ ।

“हामीले ५०० प्याकेट (प्रतिप्याकेट दुई हजार ४०० एम्पुल) मगाउँछौँ, कम्पनीले जम्मा ५० प्याकेट पठाउँछ, अनि कसरी नेपालमा भ्याक्सिन सहज हुने”, राजभण्डारीले भन्नुभयो । यता सेरम इन्स्टिच्युटको नेपालस्थित आधिकारिक बिक्रेता श्रीओम ब्रदर्सका व्यवस्थापक सुवास अधिकारी भारत सरकारले मूल्य निर्धारण गरेपछि उक्त मूल्यमा घाटा लाग्ने भएकाले सेरमले उत्पादन नै नगरेको जानकारी आएको बताउनुहुन्छ ।

भारतको आन्तरिक समस्याले गर्दा अहिले शून्य दशमलव पाँच एमएलको भ्याक्सिन भने आएको छैन । अन्य ५०० एमएलको भने आइरहेको अधिकारी बताउनुहुन्छ । उहाँले यसको विकल्पका रुपमा टिडी (टिटानस डिप्थेरिया) भ्याक्सिन विकल्पका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । नेपाल सरकार स्वास्थ्य सेवा विभागले अहिले गर्भवती आमा र बच्चाका लागि भनेर टिडी भ्याक्सिन दिन थालेको करीब चार वर्ष भयो । त्यसयता सरकारी तवरमा टिटी खोपको आपूर्ति भएको छैन । आमा र बच्चा दुवैका लागि भनेर टिडी वितरण भइरहेको विभागको आपूर्ति व्यवस्थापन शाखाअन्तर्गतको फार्मेसी अधिकृत बडेबाबु थापा बताउनुहुन्छ ।

यो धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको भ्याक्सिन हो । थापाका अनुसार सरकारी तवरबाट अहिले टिटी भ्याक्सिनको आपूर्ति बन्द छ । शाखाले अहिले बिसिजी, डिपिटी, ओपिभी, दादुरा, रुवेलाविरुद्धको भ्याक्सिन, टिडी, जेइ, पिसिभी, आइपिभी खोप आपूर्ति गर्दै आएको छ । तर अत्यावश्यक मानिने टिटानसविरुद्धको भ्याक्सिन भने निजी कम्पनीको भरपर्नुपर्ने बाध्यता छ । सो विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी आमा सुरक्षा कार्यक्रमअन्तर्गत टिटीको कुनै कार्यक्रम नभएकाले सरकारी तवरबाट वितरण नभएको बताउनुहुन्छ । यसको सट्टामा टिटी भ्याक्सिन सरकारले उपलब्ध गराएको उहाँको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : ५७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय