२०८१, १२ श्रावण शनिबार

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै श्यामबहादुर 

बङ्गुरपालनबाट आर्थिक समृद्धितर्फ लम्कँदै श्यामबहादुर 


वालिङ, २४ कात्तिक स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाटै आर्थिक समृद्धितर्फ लम्कँदै हुनुहुन्छ ।

मलेसियामा करीब सात वर्ष बिताएर घर फर्कनुभएका उहाँले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर थाल्नुभएको व्यवसाय आज उदाहरणीय बन्दै गएको हो ।

“सामान्य रुपमा घरमा पाल्दै आएका माउबाट बच्चा उत्पादन गरी बिक्री गर्दै आएको थिएँ”, व्यवसायी विकले भन्नुभयो, “जीवन निर्वाहका लागि गर्दै आएको व्यवसायलाई नै व्यावसायिक रुपमा अगाडि बढाउने निर्णय गरी अगाडि बढेँ ।”रु १५ लाखको लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीबाट व्यवसायको थालनी गर्नुभएका उहाँ आज उदाहरणीय व्यवसायीका रुपमा स्थापित हुनुभएको छ ।

“शुरुमा मासुको प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरु प्रयोग गर्थें”, व्यवसायी विकले भन्नुभयो, “अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० भन्दा बढी पाठापाठी बिक्री गर्ने गरेको छु । बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु १३ लाखदेखि १५ लाखसम्म आम्दानी हुन्छ । ”

“सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म नीति पुग्न सकेको छैन”, व्यवसायी विकले भन्नुभयो, “कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।”

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ९ : ०९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्