२०८१, ११ बैशाख मंगलबार

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन


काठमाडौँ, २४ कात्तिक: उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो ।

छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकको वाग्मती किनारमा सफाइ गरिएको हो । सफाइसँगै अमेरिकाको ग्रीन हर्ट ब्याण्डले पानी जीवन हो भन्ने भावको साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नायिका करिष्मा मानन्धर पनि सहभागी हुनुभएको थियो ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४८ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १८९औँ हप्ता र आलोकनगर सफाइ अभियानले ८३औँ हप्ताको सफाइसमेत गुह्येश्वरीमै गरेका थिए । रुद्रमती सफाइको २४२औँ हप्तामा रातोपुल–सेतोपुल हुँदै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर क्षेत्रसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताउनुभयो ।

सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो । मनोहरा सफाइको ८७औँ हप्तामा महानगरपालिकाको ३२ नं वडास्थित बिपी नेत्र अस्पतालअघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँका उपप्रमुख सरिता दाहालसहित ११० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो । चक्रपथ सफाइको ८३ औँ हप्तामा नयाँ बसपार्क क्षेत्रमा सफाइ गरियो । तिहारको भोलिपल्ट भए पनि कार्यक्रमलाई निरन्तरता दिइयो । चक्रपथ बाफल खण्डको ६५औँ हप्तामा स्युचाटारबाट सोल्टीदोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ४७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने