Logo

निद्रा र फ्लुबिच यस्तो सम्बन्ध, उमेर अनुसार कति घन्टा सुत्ने?



अमेरिका र युरोपसहित संसारका धेरै भागमा, फ्लु धेरै घातक रोग बनेको छ। अमेरिकामा हालसालै फ्लुका कारण ८५ वयस्क र ३० बच्चाको मृत्यु भइसकेको छ। र यो लगातार फैलिरहेको छ।

वैज्ञानिकहरूले भनेका छन्, ‘फ्लुको उपचार भ्याक्सिनले मात्र सम्भव छैन, यसका लागि पर्याप्त निद्रा पनि आवश्यक पर्छ।’ उनीहरुका अनुसार मानिसहरूले निद्रा पूरा गर्छन् भने फ्लुबाट बच्न सकिन्छ।
निद्रा पूरा नहुनु खतरा

विभिन्न अध्ययनले निद्रा पूरा नहुनेहरुमा फ्लुको भ्याक्सिन प्रभावकारी नभएको देखाएको छन्। यसबाहेक, निद्रा नपुग्नेहरुलाई मधुमेह र मुटुरोगको जोखिम पनि रहन्छ। विशेषज्ञ क्रिस ब्रान्टनर भन्छन्, ‘सुत्नु भनेको ब्याट्री चार्ज गर्नुजस्तो हो। निद्राले शरीरलाई चार्ज गर्छ र फ्लुको उपचारका लागि महत्त्वपूर्ण छ।’ उनका अनुसार एक-तिहाई अमेरिकी डाक्टरको सल्लाह बमोजिम कम्तिमा सात घन्टा पनि निदाउँदैनन्।

उमेर अनुसार कति घन्टा सुत्ने?
ब्रान्टनरले फ्लुबाट बच्न धेरैले बारम्बार हात धुने कुरा गरे पनि कसैले निद्रा पूरा गर्नुपर्छ भन्नेबारे नसोचेको बताउँछन्। उनका अनुसार फ्लुबाट बच्न ७ देखि ९ घन्टाको निद्रा आवश्यक छ।

अमेरिकाको नेसनल स्लिप फाउन्डेसनका अनुसार ६-१३ वर्षका बच्चालाई ९ देखि ११ घन्टाको निद्रा चाहिन्छ। किशोर अवस्थामा ८ देखि १० घन्टा सुत्नु उपयुक्त हुन्छ। यस्तै, १८ वर्षमाथिमा मानिसले दैनिक ७ देखि ९ घन्टा निदाउनुपर्छ। विशेषज्ञहरु भन्छन्, ‘एचथ्रीएनटु इन्फ्लुएन्जाबाट बच्न निद्राको यो नियम पालना गर्नु जरुरी छ। किनभने फ्लुको भ्याक्सिन ३४ प्रतिशतमात्र प्रभावकारी साबित हुने गरेको तथ्यांकले नै देखाउँछ।

निद्राले प्रतिरोधी क्षमता बढाउँछ
निद्राले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्ने र त्यसले फ्लुसँग लड्न सहयोग गर्ने विशेषज्ञहरु बताउँछन्। निद्राको बेला शरीरले ‘टि सेल्स’ उत्पन्न गर्ने र त्यसले संक्रमित कोशिकालाई मार्ने काम गर्ने वैज्ञानिकहरुको दाबी छ।

साथै, शरीरको प्रतिरोधी क्षमताले विशेष किसिमको प्रोटिन प्रवाह गर्छ जसले संक्रमित शरीरलाई चाँडो निको हुन सहयोग पुर्या्उछ। तर, निद्रा पूरा भएन भने यस प्रकारको प्रोटिन र टि सेल्सको मात्र कम हुन्छ र रोगले चाँडै आक्रमण गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार