२०८१, १३ बैशाख बिहीबार

यस्तो छ छठ पर्वको सांस्कृतिक महोत्सव

यस्तो छ छठ पर्वको सांस्कृतिक महोत्सव


विराटनगर, २४ कातिक: प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।

महोत्सव मनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा प्रदेशका मन्त्री, प्रदेश मन्त्रालयका सचिव, महानगरपालिकाका प्रमुख, मुख्य न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घका प्रतिनिधि रहने गरी १०१ सदस्यीय शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा चियापान व्यवस्थापन मूल समारोह समिति गठन भएको छ । महोत्सवमा त्यस क्षेत्रका विभिन्न स्थानीय तहबाट विभिन्न पर्वको सांस्कृतिक महत्व झल्किने गरी झाँकी प्रस्तुत हुनुको साथै राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री तथा कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले यस किसिमको कार्यक्रमले समाजमा एकता र सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक एकतालाई खँदिलो र बलियो बनाउन यस किसिमको कार्यक्रमलाई आउने वर्षहरुमा पनि निरन्तरता दिने भन्दै हरेक जातजातिका भाषा, संस्कृतिलाई प्रदेश सरकारले आत्मसात गरी सम्मान प्रकट गरिएको बताउनुभयो । सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, आन्तरिक मामिला तथा कानून सचिव गोपालप्रसाद पराजुलीले चाडपर्वको महत्व र गरिमालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको धारणा राख्नु भयो ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ०५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने