२०८१, ९ बैशाख आईतबार

भारतीय कांग्रेसले नेपाललाई सोध्यो–’मोदीलाई मात्रै महत्व?’, मोदी पुनः नेपाल आउँदै

भारतीय कांग्रेसले नेपाललाई सोध्यो–’मोदीलाई मात्रै महत्व?’, मोदी पुनः नेपाल आउँदै


काठमाडौं, १९ कार्तिक : भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए । भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासोसहित उसले यस्तो सन्देश प्रवाह गरेको हो । सरकारले भारतसँगभन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति इंगित गर्दै यस्तो धारणा आएको हो ।नेपाल र भारतबीच दुईपक्षीय सम्बन्ध राम्रो होस् भन्ने चाहना भारतीय कांग्रेसको सधैं रहेको तर भारतको आन्तरिक मामिलामा नै असर गर्ने गरी नेपालले प्रधानमन्त्री मोदी र उनको पार्टीलाई मात्रै प्राथमिकता दिएको भनी उसले असन्तुष्टि व्यक्त गरेको हो ।

दिल्लीस्थित नेपाली दूतावासमार्फत कंग्रेस आई सभापति राहुल गान्धीले नै सीधै यसमा चासो देखाएका हुन् । ‘नेपालले भारतीय जनता पार्टीलाई दिएको महŒवको कारण भारतको आन्तरिक राजनीतिमा ठूलो असर मात्र गरेको छैन । यसबाट नेपाल–भारत सम्बन्ध आगामी दिनमा कस्तो हुने भन्ने समेतको चिन्ता सुरु भएको छ,’ गान्धीनिकट एक व्यक्तिले भने ।दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा समेत भारतीय दल विशेषको धारणा उल्लेख छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतले दूतावासलाई उद्धृत गर्दै भन्यो, ‘छिमेकका नेताहरूबाट कुनै पनि प्रदेशमा हुने उच्चस्तरीय राजनीतिक भ्रमणबारे गहिरिएर सोच्न आवश्यक छ । राजनीतिक दलका आफ्नै प्रकारको सम्बन्ध हुन्छ । यसलाई हामीले ध्यान दिनुपर्छ । निर्वाचनको मुखमा हुने भ्रमणको अर्थ धेरै राख्छ ।’

पत्राचारबारे दूतावास अधिकारीले औपचारिक धारणा दिन अस्विकार गर्दै भने, ‘आन्तरिक पत्राचारहरू हामीले बाहिर भन्न मिल्दैन । भ्रमणबाट भएको फाइदा–बेफाइदा र आगामी दिनमा निम्तिने समस्या सबै राखेर हामीले मन्त्रालयलाई जानकारी गराएका छौं ।’भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउने सम्भावना देखिएपछि कांग्रेस आईले निर्वाचन प्रक्रियालाई असर गर्ने गरी छिमेकी धर्मसंस्कृति र कूटनीतिमा उपयोग हुन नहुने सुझाव नेपाली दूतावासलाई केही दिन पहिले दिएको एक दूतावास अधिकारीले बताए ।

प्रधानमन्त्रीको भ्रमणलाई सीधा नतोके पनि छिमेकसँगको सम्बन्धलाई कांग्रेस आईले नजिकबाट नियालिरहेको भन्दै मुक्तिनाथ भ्रमण र दक्षिण भारतको निर्वाचनको समयलाई कांग्रेसले नभुलेको स्पष्ट पारेको पनि दूतावास अधिकारीले बताए ।भारतका लागि कार्यवाहक राजदूत रहेका भरत रेग्मीले कूटनीतिमा नेपाल गम्भीर नै रहेको जिकिर गरे । ‘भ्रमण अधिक गराउने पक्षमा हामी छौं । तर, हरेक भ्रमण सबै पक्ष अध्ययन गरेरै हुने गरेको छ । भारतको आन्तरिक राजनीतिमा हामी उपयोग हुनु हुँदैन, यसमा गम्भीर छौं,’ उनले भने, ‘अघिल्ला भ्रमण र आउँदो भ्रमणबारे कुनै औपचारिक धारणा त यहाँ कसैले दिएका छैनन् । कुनै अध्ययनबाट आएको भए जानकारी भएन ।’

नेपालबारे दुवै छिमेकी (चीन र भारत) तथा पश्चिमा मुलुकको समेत चासो र प्रतिस्पर्धा रहेको अवस्थामा भारतकै दलविशेषबाट नेपालको आन्तरिक कूटनीतिमा प्रश्न उठेको प्रति आफूहरू सचेत रहेको परराष्ट्र अधिकारीहरू बताउँछन् । राजनीतिक नेतृत्वले भने खासै ध्यान नपु¥याएको उनीहरूको आरोप छ ।सम्बन्ध सन्तुलन गर्ने भनेको दिमागको शल्यक्रिया गरेजत्तिकै गाह्रो र संवेदनशील काम भएको पूर्वराजदूत दिनेश भट्टराईले बताए । ‘यसमा सरकारले विशेष ध्यान दिनुपर्छ, मैले भारतीय मिडियामा पढेको हुँ । यदि यस्तो हो भने यसले हामीलाई असर गर्छ,’ उनले भने, ‘राजनीतिकर्मी सचेत हुनैपर्छ ।’

आपसमा प्रतिस्पर्धात्मक सम्बन्धमा रहेका दुई उदीयमान महाशक्ति राष्ट्रबीच रहेको नेपालले सन्तुलन गुमाउँदा ठूलो मूल्य चुकाउनु पर्ने पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले बताए । ‘सामरिक स्वार्थ भएका नेपालका छिमेकी मुलुकले आफ्नो प्रभाव बढाउन खोज्दा नेपाल बढी नै सचेत हुनुपर्छ’, उनले भने ।परम्परागत रूपमा कूटनीतिक सन्तुलन कायम गर्दै आएकोमा अन्तर्राष्ट्रिय जगतले नेपालको प्रशंसा गरेको थियो । हेनरी किसिन्जरले समेत नेपालको कूटनीति सन्तुलनको प्रशंसा गरेर लेखेका थिए । भारतभित्रकै सम्बन्धमा गडबडी देखापरेमा समस्या समाधानमा झनै अफ्ठेरो हुने भएकाले यसबारे बेलैमा सोच्नु आवश्यक रहेको आचार्यले बताए ।

मोदी पुनः नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए । ‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने ।

औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् । उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।’ भारतमा आगामी वर्ष हुने आमनिर्वाचनको सरगर्मी सुरु भइसकेको छ । अहिले भारतमा भाजपा नै बलियो भए पनि स्पष्ट बहुमत ल्याउन कठिन हुने त्यहाँका संचारमाध्यमहरूको विश्लेषण छ । पछिल्ला निर्वाचनमा पुनः कांग्रेस आई सत्तामा आउँदा उसले नेपालप्रति गर्ने व्यवहार बदलिन सक्ने भन्दै यसमा ध्यान दिन दूतावासले सुझाएको छ ।
-अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने