२०८१, १२ श्रावण शनिबार

ह्रदयाघात किन हुन्छ र यसको उपचार

ह्रदयाघात किन हुन्छ र यसको उपचार


आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आफ्नो परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।ब्रिटिस मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो( ‘ज्यानथेलास्माटा’ नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ ।कोलेस्ट्रोल जम्मा भएपछि यस्तो दाग हुन्छ । त्यस्ता दाग मुलायम, पीडारहित हुन्छन् । दागको असर आँखाको दृष्टिमा पर्दैन ।

सामान्यतया सबैजसो यसको उपचार छाला रोग विशेषज्ञसँग गराउँछन् ।डेनमार्कमा हर्वेल अस्पतालका अनुसन्धाताहरूले सन् १९७० को दशकमा १२ हजार ७ सय ४५ व्यक्तिमा निगरानी गर्न सुरु गरे । अध्ययनको सुरुवातको समय चार(चार प्रतिशत रोगीमा ‘ज्यानथेलास्माटा’ नाम गरेको दाग थियो ३३ वर्षपछि तीमध्ये १ हजार ८ सय ७२ व्यक्तिलाई हृदयाघात भयो, ३ हजार ६ सय ९९ व्यक्तिलाई मुटु रोग भयो र ८ हजार ५ सय ७ व्यक्तिको मृत्यु भयो । तथ्यांकले के स्पष्ट पार्छ भने जसको आँखाका छेउछाउमा पहेंलो चिनो थियो, उनीहरूमा यसको बढी खतरा थियो ।

ह्रदयाघात किन हुन्छ र यसको उपचार
पहेंलो चिनो भएका ४८ प्रतिशत व्यक्तिमा हृदयाघात हुने आशंका बढी थियो, ३९ प्रतिशत व्यक्तिमा मुटु रोग हुने आशंका बढी थियो र १४ प्रतिशत व्यक्तिको अध्ययनको समयमा मृत्यु भयो । हृदयाघातको सम्बन्ध महिलाको दाँजोमा ७० वर्षदेखि ७९ वर्षका पुरुषहरूमा बढी देखियो ।

संसारभरि नै मुटु र यस सम्बन्धी कारणले सबैभन्दा धेरै मृत्यु हुने गरेको छ । अल्प उमेरमा मृत्यु हुनेहरूमा ८० प्रतिशत यही कारणबाट भइरहेका छन् । हरेक १० वटा मृत्युमा एउटा मुटुसँग सम्बन्धित रोगको कारणबाट हुने गर्छ । जम्मा १ करोड ७५ लाख मान्छे हरेक साल यही कारणबाट मर्छन् ।

यस रोगका कारणमा खाना, शारीरिक परीक्षण नगर्ने,सुर्तीजन्य पदार्थ उपयोग (धूमपान०, रक्सी धेरै पिउने र उच्च रक्तचाप हुन् । यसैगरी रगतमा चिल्लो पदार्थ बढी हुने चिनीको मात्रा बढी (मधुमेह), वजन ज्यादा हुने (मोटो हुने रोग), आफ्नो परिवारमा यदि मुटुरोग छ र नकारात्मक तनावहरू छन् भने त्यो पनि यस रोगको कारण बन्न जान्छ ।

मुटुरोगले धनी, गरिब, सहरका, गाउँका भनी भेदभाव गर्दैन । अझ खास ध्यान दिनुपर्ने के छ भने यो रोग होनहार उमेरमै लाग्छ, बूढो हुनु पर्दैन । नेपालमै १९ वर्षकै उमेरमा हृदयाघात भएको पाइएको छ । अचेल ३० वर्ष नाघेकाहरूमा यसको प्रकोप बढी देखिन थालिसकेको छ । यो कुनै धनीलाई नभएर झन् गरिबलाई र गरिब मुलुकमै बढेको आँकडाले देखाइराखेको छ । तसर्थ यसपालि विश्व मुटु महासंघले हरेकलाई मुटुलाई माया गर्न खानपान, रहनसहन, राम्रा चालचलन गर्न, एउटा मुटुले पूरा परिवारको मुटु, परिवारपरिवारबाट राष्ट्रको मुटु र सारा संसारमै मुटु बचाउन आह्वान गरेको छ ।

यो रोग अब व्यक्ति, परिवार, समाज र राष्ट्र हुँदै संसारबाटै नियन्त्रण गर्न आवश्यक भइसकेको छ । हामीलाई थाहा छ मुटुरोग र यस सम्बन्धी अरू रोग बढाउने कारणमा वंशानुगत कुराबाहेक अरू सबै कुरा व्यक्तिले आफैं नियन्त्रण गर्न सक्छ । जस्तैः वजन ठीक राख्ने, नियमित व्यायाम गर्ने, फलफूल, सागसब्जी ज्यादा खाने, आफ्नो रक्तचाप, मधुमेह, रगतको चिल्लो पदार्थको अवस्था ठीक ठाउँमा राख्ने, नचाहिँदो तनावबाट टाढै बस्ने इत्यादि । यी सबै कुरा हामीले घरबाटै नियन्त्रण गर्न सकेमा आफ्नो परिवारका सदस्यको मुटु धेरै हदसम्म बचाउन सकिन्छ ।

आजभोलि धेरै जना आराम गर्न भनेर टिभी हेरेर समय बिताउँछन् । यो नगरेर सबै परिवार मिलेर कतै घुम्न जाने, हिँड्ने, डाँडो चढ्न जाने, खेल्ने गरे कति राम्रो हुन्थ्यो । आफ्नै घरमा बिचरा साना नानीहरूलाई ठूला मान्छेले धूमपान गरेर उनीहरूको कलिलो ज्यानमा कति नकारात्मक प्रभाव परेको हुन्छ, त्यो बाट बचाउन सकिन्छ ।

चुरोटले मुटुको रोग लगाउने एउटा प्रमुख भाग ओगट्छ ।घरमा खाना खाँदा मुटुलाई माया गर्ने खाना खान सकिन्छ, नुन कम, चिल्लो कम, हरियोपरियो सागसब्जी, रेसा भएका सादा खाना । माछामासु जति सकिन्छ कम । दिनको ५ सय ग्राम फलफूल खानु भनिएको छ । घर नै त्यो ठाउँ हो जहाँ मुटुको रोगको लक्षण देखा पर्छ । तसर्थ घरपरिवारका सदस्यहरूमा यस रोगका बारेमा जानकारी भयो भने समयमै उपचार गर्न पाइन्छ । हामीलाई थाहा छ मुटुरोगको उपचारमा समय धेरै महत्त्वपूर्ण हुन्छ ।

समय नै मुटुको मांसपेशी हो भनिन्छ किनभने जति चाँडै उपचार गर्न पाइयो त्यति चाँडो नै मुटुलाई धेरै बचाउन सकिन्छ । यसकारण नेपालमा पनि यस रोगको प्रारम्भिक उपचारबारे परिवारका सदस्यलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जानकारी गराउँदै आएको छ ।
यी सबै गर्न केही गाह्रो छैन, खालि इच्छाको जरुरत छ । यो महामारीबाट बच्न हरेक व्यक्तिले आफ्नो घरबाट यो पुण्य काम सुरु गर्नुपर्छ । यसमा समाज, सरकार र सबै संघसंस्थाको गहन जिम्मेवारी हुन्छ । हामी सबै मिलेर यसका विरुद्धमा लागेनौं भने हामीले धेरै ठूलो मूल्य चुकाउनपर्छ ।

आज पश्चिमी समाजले पनी परिवारको महत्त्व पुर्बेली ढाँचाले बुझ्न थालेका छन्, उनीहरू हाम्रो संस्कृतिको सिको गर्दै छन् । हामीचाहिँ उनीहरूले फालेका चालचलन, खानपिन सिकेर गर्व गर्न थालेका छौं । हामी आफ्नो संकृति, रीतिरिवाज, चालचलन बचाएर राखौं, त्यसमा भएका धेरै राम्र्रा कुरा छन्, जसले हामीलाई हरेक क्षेत्रमा मद्दत गर्छ ।

मुटुरोग भयंकर डरलाग्दो भए पनि समयमै ध्यान पुर्‍याएको खण्डमा यसबाट बच्न सकिन्छ । तर यसका लागि व्यक्ति, परिवार, समाज र सरकार सबै एकसाथ लाग्नुपर्छ । यसको उपचार यति महँगो छ कि हामीजस्ता गरिब राष्ट्रका मान्छेको त के कुरा धनी राष्ट्रका मानिसलाई पनि गाह्रो पर्छ । त्यसैले योबाट बच्नु नै हाम्रा लागि एक मात्र उपाय हो र्।लेखक मेडिकेयर नेसनल हस्पिटलका चिफ कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् ।

विकसित देशहरूमा यो रोगको भार कम हुँदै गए तापनि नेपालजस्ता विकासशील देशमा यसको खतरा बढ्दै गएको छ । नेपालको चिकित्सा क्षेत्रमा धेरै प्रगति भइसके तापनि हामी यो महामारी रोगलाई नियन्त्रण गर्ने अवस्थामा छैनौं । मुटुको रोगबारे पूर्वजानकारी दिने लक्ष्यसहित हामीले यस क्षेत्रका प्रबुद्ध चिकित्सकहरूबाट जानकारी बटुलेका छौं । लण्डन न्यूजबाट

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ११ : ३० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्