२०८१, १२ बैशाख बुधबार

नेकपाबाट मात्रै समृद्धि सम्भव छ : अध्यक्ष प्रचण्ड

नेकपाबाट मात्रै समृद्धि सम्भव छ : अध्यक्ष प्रचण्ड


बुटवल, १७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको समृद्धि नेकपाबाट मात्रै सम्भव रहेको बताउनुभएको छ । व्यक्तिगत स्वार्थलाई कुल्चिएर जनताको हित र राष्ट्रिय एकतालाई ध्यानमा राखेर पार्टी एकताको सङ्कल्प गरेको बताउँदै उहाँले अब विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयो ।

नेकपा रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शुभकामना तथा सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियालाई तल्लो तहसम्म व्यवस्थित गर्दा केही ढिलाइ भए पनि अब छिट्टै एकता प्रक्रियाको टुङ्गो लाग्ने बताउनुभयो । अध्यक्ष दाहालले पार्टी एकतापछि नेकपाको एउटै उद्देश्य देश र जनताको समृद्धि भएको बताउँदै अबको दशक विकास निर्माणमा क्रान्ति र समृद्धिको दशक भएको बताउनुभयो ।

“पार्टी एकतापछि असोज ३ सम्म विभिन्न ऐन बनाउन लाग्यौँ, अब सरकारलाई आरोप लगाउने ठाउँ छैन”, उहाँले भन्नुभयो, “खाल्डाखुल्डी पुरेको तुरुन्तै देखिन्छ तर ऐन कानून बनेको देखिँदैन ।” अध्यक्ष दाहालले मुलुक सङ्घीय संरचनामा जाँदा सरकारलाई काम गर्न अप्ठ्यारो भए पनि उल्लेख्य काम भएको दाबी गर्नुभयो । पार्टी एकताका विरुद्धमा प्रतिक्रियावादीले गलत प्रचार गरे पनि त्यसका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

विगतमा जनयुद्धकालमा केही कमजोरी भए पनि त्यसलाई सच्चाएर अघि बढ्दा केही समय लागेको बताउँदै उहाँले भन्नुभयो, “सकेसम्म गल्ती नगर्ने भइहाले सच्याएर अघि बढ्ने क्षमता कम्युनिष्टमा मात्रै हुन्छ ।” राजनीतिक नेतृत्व सङ्घीयता कार्यान्वयनमा लागे पनि कर्मचारीतन्त्रले अझै नबुझेका कारण समस्या भएको बताउनुभयो । अध्यक्ष दाहालले सुन्दर र सभ्य नेपाल निर्माणमा साथ दिन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढङ्गको पाठशाला बनेको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई नबुझी विश्वको राजनीति बुझ्न नसकिने भन्दै उहाँले दुई पार्टीबीचको एकता उदाहरणीय भएको बताउनुभयो । महासचिव पौडेलले भन्नुभयो, “दुई पार्टी कहिल्यै मिल्न सक्दैनन् भन्ने भ्रम धेरैमा थियो एमाले र माओवादीलाई नदीका दुई किनारा भनियो, आज नदीका दुई किनारा नभई एउटै नदी भएका छौँ ।”

पार्टी एकता भए पनि जनताप्रतिको जिम्मेवारी अझै पूरा नभएको बताउँदै उहाँले विभेद, उत्पीडन, वर्गीय शोषण समाप्त पार्नकै लागि एकता गरिएको बताउनुभयो । पार्टी एकता बलियो धागोमा उनिएको एकता भएको उहाँको भनाइ छ । महासचिव पौडेलले नेकपा नेतृत्वको सरकार समृद्ध नेपालको अभिभारा पूरा गर्नतर्फ अग्रसर रहेको बताउनुभयो । उहाँले एउटा विद्यार्थीले एक वर्ष पढेर जाँच दिएपछि मात्रै पास वा फेल भन्ने नतिजा आउने भएकाले अहिल्यै सरकारका कामको मूल्याङ्कन गर्ने समय नभएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार समृद्धि र विकासको एजेण्डालाई विश्वासमा बदल्ने प्रयासमा रहेको बताउनुभयो । एउटा व्यवस्था परिवर्तनको प्रक्रियाबाट अगाडि बढ्दै गर्दा केही अन्योलता देखिए पनि जनताको चाहना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई नमूना प्रदेशका रुपमा विकास गर्ने बताउनुभयो । सभामा पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, सङ्घीय सरकारका कृषिमन्त्री चक्रपाणि खनाल, प्रदेश अध्यक्ष ओनसरी घर्ती, जिल्ला नेता शिवलाल सुवेदी, अनुप बराल, निर्मल जिसीलगायतका नेताले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न सरकार लागिपरेको बताउनुभएको थियो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ०३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने