२०८१, ३ बैशाख सोमबार

काभ्रेको भिमखोरी, सम्भावनाको खानी

काभ्रेको भिमखोरी, सम्भावनाको खानी


काठमाडौँ १७ कार्तिक : पहिलेका बाजे बराजुले भनेको सुने थे । “कि त कुहिरो मुनी बस्नु, कि त कुलो मुनी” । कुलो मुनी बस्न नसके पनि कुहिरो मुनी बसेको गाउँ हो काभ्रेको भिमखोरी ।

तत्कालिन भिमखोरी गाविस, हालको रोशीगाउँपालिका वडा नम्बर भित्र पर्ने गाउँ अनि पाखाहरु सधै जसो हरियाली नै रहन्छन् । उच्च महाभारत लेकमा पर्ने भएर पनि होला मौसम प्रायः चिसो नै हुन्छ ।

पौवा, भदौरे, अमलबास, भैंसे, छाहरे, मानेगाऊँ, भिमखोरीडाँडा, पुरानो गाऊँ, करमडाँडा, कालढुंगा, माम्ती, मगरफेदी, जौदिल, तल्लो केरावारी, माथिल्लो केरावारी, रामरिम, गँगटे, जुगेपानी, कतारजे, भोटेसालु, मगरसालु, मेर्पा, मन्दिपा, घ्याँङडाँडा, शिखरपुर, हर्कपुर, लगायतका गाउँहरु बाह्रै महिना हरियाली देखिन्छ ।

भिमखोरीका यी गाउँको पारिपट्टी तेमाल गाउँपालिकाका विभिन्न वडाहरुहरु आम्ने, साम्मुने भएर बसेका छन् । हिउँद यममा त्यही तिमाल गाउँमा खानेपानी समेत नभएर काकुल हुँदा यो सुन्दर ठाउँ भिमखोरीमा भने पानीको कहिले अभाव हुँदैन् । तिमालको जमिन सुख्ख र रातोमाटो भिरालो भएको कारणले गर्दा उजाड मरुभुमि जस्तो देखिँदा यता केराबारी गाउँ भने सधैं हरियाली बनेर उजाड डाँडापाखालाई गिज्याइरहेको हुन्छ ।

न खानेपानीको समस्या न त तरकारीको नै । साँच्चै भन्ने हो भने यो भीमखोरीका गाउँहरु स्वर्गको नमूना झै छन् । केही आधुनिक सुविधा सम्पन्न हस्पिटल, शिक्षा, बाटोघाटो र संचारको सुविधावाट वञ्चित निश्चिय पनि छ । तर प्रकृतिक रुपमा भने निकै धनी छ भिमखोरी । काठमाण्डौ देखि ७५ किलोमिटर पूर्वमा पर्ने यो ठाउँमा पुग्न साँढे चारघण्टाको मोटरबाटो बीपी राजमार्गको कालढुंगामा ओर्लिन पाइन्छ ।

त्यसपछि भिमखोरीका विभिन्न गाउँहरुमा जान सकिन्छ । अहिले बीपी राजमार्ग छोडेर पिप्लेबाट भीमखोरी हुँदै जुगेपानी, केरावारी, घ्याँङडाँडा, गोपे, हुँदै रामपुर एउटा गाडी जान्छ भने जुगेपानीवाट रामभेंडे हुँदै खोलै खोला रामपुर सम्म गाडीको सुविधा छ ।

भिमखोरीको उच्च भागबाट हिमालयको सेता रमणीय दृश्यहरु मज्जाले नियाल्न सकिन्छ । गणेश हिमाल, अन्नपूर्ण हिमाल र सिन्धुली जिल्लाको तराई भाग तथा रामेछाप जिल्लाको अति नै सुन्दर भागहरु हेर्न सकिन्छ । चैत, वैशाख महिनामा वन नै रंगी चंगी बनाउने गरी फूल्ने लालिगुराँसका फूलहरुले साच्चैको आनन्द दिइरहेको हुन्छ ।

भिमखोरीलाई भावी दिनमा यसरी चिनिन्ने छ ।
१.फलफूल र तरकारी

भिमखोरीको पहिलो प्राथमिकता भनेको तरकारी र फलफूल खेती हो । यहाँ हिउँद महिनामा माथिल्लो लेकमा तोरी, केराऊ, सस्र्यू, बकुल्ला, सिलाम, मेटर, सिमी, रायोसाग, मूला, स्कूस, करेला, कागति, अमला, लप्सी, सुन्तला, जुनार, बन्दाकोपी, काउली, लसुन, प्याज जस्ता तरकारी फलाउन सकिन्छ ।

यहाँ फलेको रायो सागको पात देख्दा अहिले पनि अन्त ठाउँबाट आएको मानिसहरु छक्क पर्छन् । त्यसैगरी वर्षायममा आलु, करेला, काँक्रो, सिमी, बोडी जस्तो तरकारी ब्यवसायीक रुपमा गर्न सकिन्छ । स्वास्थ्यका लागि अतिनै उपयोगि मानिने सिस्नु बाह्रै महिना पहिन्छ ।

भिमखोरी लप्सी अत्याधिक उत्पादन हुने ठाउँभित्र पर्दछ । लप्सीवाट माडा तथा अचार बनाउन सकिन्छ । अहिले पहिलोको जस्तो भारी बोकेरै बजारसम्म पुर्याउनु पर्छ भन्ने छैन । फलाउन मात्रै गाह्रो । ब्यापारीहरु गाडी लिएर कृषकको बारी बारीमा आउँछन् । त्यसैले तरकारी र फलफूल खेतीको अधिक सम्भनावना छ । यहाँ सुन्तला खेती पनि उस्तै राम्रो हुन्छ । तर बेला बेला कृषकलाई प्राविधिक सरसल्लाहको भने निकै खाँचो छ ।

२.पशुपालनमा तथा दुग्ध उत्पादन
तरकारी र फलफूल पछि भिमखोरीको अर्को सम्भावनाको क्षेत्र हो पशुपालन । महाभारतको उच्च भेगमा रहेकोले यहाँको जमिन प्रायजसो हरियाली नै रहन्छ । विभिन्न किसिमका डले घाँस पर्याप्त मात्रमा उपलब्ध हुने भएकोले सरकारले यहाँका कृषकहरुलाई पशुपालनमा सहभागि गराउने हो भने सिँगो वडाका नागरिक गरिबको सूचिमा पर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ ।

२०२७ सालमा स्वीस सरकारले जुगेपानी स्थित २० रोपनी जग्गामा स्थापना गरेको दुग्ध चिस्यान केन्द्र केही वर्ष संचालनमा आएता पनि केही राजनैतिक र सामाजिक समस्याले धेरै वर्ष बन्दा हुँदा त्यहाँका वासिन्दाको आर्थिक अवस्था झन खस्कदै गएको थियो ।

हाल आएर सो बन्द रहेका दुग्ध चिस्यान केन्द्र सहकारी ऐन अन्तर्गत संचालनमा ल्याएको छ । हिउँद समयमा हजार देखि पन्ध्रसय लिटर सम्म दुध संकलन गरेर चिज तथा पनिर उत्पादन गर्दै आईरहेको छ । यहाँ बर्षायममा झन बढी दुध संकलन हुने गरेको छ । यसलाई अझ ब्यवस्थित गर्ने हो भने यहाँका नागरिकको जीवनमा आमूल परिवर्तन आउने देखिन्छ ।

३. सडक यातायात र पर्यटन
भिमखोरीको भैंसे, छाहरे, मानेगाऊँ, भिमखोरीडाँडा, पुरानो गाऊँ, करमडाँडाका गाउँहलेहरु आप्mनो बारीमा उत्पादन भएका मकै, तोरी, तरकारी फलफुलहरु वि.पि राजमार्गको मंगलाटार सम्म पुर–याउनु पर्ने बाध्यता छ । तल्लो केरावारी, माथिल्लो केरावारी, रामरिम, गँगटे, जुगेपानी, कतारजे,भोटेसालु, मगरसालु, घ्याँङडाँडा, शिखरपुर, हर्कपुर गाउँका मानिसहरुले माम्ती र आँपघारी सम्म लानु पर्ने अवस्था थियो । तर अहिले झण्डै १ दिनको आवात जावात गर्न लाग्ने बाटो छोटिएको छ ।

खच्चडको सट्टा गाडीमा सामानहरु ल्याउन र लैजान पाउँदा निके सजिलो र छिटो भएको छ । केही वर्ष पहिले नै जिल्ला विकास समिति काभ्रेले जुगेपानी देखि घ्याँङडाँडा सम्मको क्षेत्रलाई पर्यटन क्षेत्र घोषण गरिसकेको छ । केरावारी माथिको डाँडामा पनि गुम्वा र मन्दिर बनाउने कार्यको थालनी भएको तर बजेट अभावले गति लिन सकेको छैन् ।

घ्याँङडाँडा माथि सिन्धुली जिल्ला र काभ्रेका सिमानामा भ्यू टावारको लागि खनेको खाडल द्धन्द्धकालका कारण निर्माण कार्य पुरा हुन नसकेपछि त्यसै अलपत्र रहेको छ । सायद यो भ्यू टावारको कार्यलाई पूर्ण रुपमा सफल बनाउ सकेको भए यतिखेर भिमखोरी अझै परिवर्तित पो भइसक्थ्यो कि ?
४.सानाजल विद्यूत
भिमखोरीमा प्रशस्त मात्रमा साना जल विद्युत आयोजनावाट विद्युत उत्पादन गर्न सक्ने खालका खोलाहरु छन् । ति खोलाहरुवाट निरन्तर बगिरहेको पानी त्यसै खेर गइरहेको छ । ति खेर गइरहेको पानीलाई उचित रुपमा साना जलविद्युत उत्पादन गर्न सकिन्छ ।

साना जलविद्यूतकै कारण भिमखोरीको तल्लो केरावारी, भोटेसालुका बासिन्दाहरुले टुकी बत्तिको साहारावाट मुक्ति पाएका छन् । त्यहीबाट प्रेरण पाएर माथिल्लो केरावारीका बासिन्दाहरुले पनि ६८ घर धुरीको लागि गाउँलेहरु मिलेर गाउँहरुकै लगानीमा साना जिलविद्युत अन्तर्गत बिजुलि निकालिएको छ । जसले गर्दा गाउँनै झिलीमिली भएको छ ।
५.शिक्षा र स्वास्थ्य
यस भिमखोरीमा दुईवटा माध्यामिक विद्यालय, निम्न माध्यमिक, प्रथामिक विद्यालय गरी जम्मा १३ वटा विद्यालय छन् । जुगेश्वर प्राथमिक विद्यालय जुगेपानी, शान्ति बुद्ध प्राथमिक विद्यालय (कमरडाँडा) कृष्ण प्राथमिक विद्यालय (मेर्पा ), सरस्वती प्राथमिक विद्यालय (रामरिम) बुद्ध लाल प्राथमिक विद्यालय (भैसेंडाँडा टोल), जन कल्याण प्राथमिक विद्यालय (कमरदेउ), भुवनेश्वरी प्राथमिक विद्यालय (हर्कपुर), शिक्षा सदन प्राथमिक विद्यालय ( भोटेसालु), महाकाली प्राथमिक विद्यालय (ध्याङ्गडाँडा) रहेका छन् ।

त्यसैगरी विन्धवासिनी निम्न माध्यमिक विद्यालय केरावरी र भिमेश्वर निम्न माध्यमिक विद्यालय माम्तीबेंसी रहको छन् । त्यसैगरी पोक्रा माध्यमिक विद्यालय (भदौरे) र गणेश माध्यमिक विद्यालय (शिखरपुर) गरी जम्मा १३ वटा विद्यालय रहेका छन् । पछिल्लो समय बाल विकास पनि प्रशस्तै खोलिएका छन् ।

सिँगो भिमखोरीमा एउटा मात्रै स्वास्थ्य चौकी छ । भौगोलिक विकताका कारण ध्याङ्गडाँडा देखि हेल्थपोष्ट सम्म आउन जान एक दिन लाग्ने अवस्था छ । माथिल्लो केरावारीमा एउटा अर्को हेल्थपोष्ट राख्न सक्यो भने निकै लाभदायिक हुन्थ्यो । सरसरफाई र जनचेतनाको पनि निकै कमि देखिन्छ ।
अन्तमा
भिमखारीम बढी मात्रमा तामाङ जातिहरुको बासोबास छ । अझै पनि यो क्षेत्रमा अभिभावकहरुले छोराछोरीलाई उचित शिक्षा दिनुपर्छ भन्ने भावना जगृत भएको त्यति देखिंदैन् । भने अझै केही ब्यक्तिहरु मदिरा सेवन गरेर दिन बिताइरहेका भेटिन्छन् ।

मदिरा सेवन गर्ने समय आर्थिक उपार्जनमा लगाउन सकियो भने ब्यक्ति र समाजको भलो हुन्छ । भिमखोरी पशुपालन, तरकारी खेती र फलफूल खेतीको खानी हो । त्यसका साथै बाँस तथा निंगालाबाट विभिन्न किसिमका वस्तुहरु निर्माण गरेर, जडीबुटी संकलन गरेर आय आर्जन गर्न सकिन्छ ।

मिठो गुलियो फलफूल सुन्तला, स्याउ, जुनार, केरा अनि अमिलो कागती, निवुवा, लप्सी, पिरो खुर्सिनी, बस्नादार अधुवा, तितो तितेकरेला, टर्रो हर्वो जस्ता फलफुल र अन्न भिमखोरीकै माटोमा फलाउन सकिन्छ । मात्र जागँर जाहिएको छ । –प्रेम स्याङतान

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ६ : १८ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता