Logo

बजार हिस्सा गुमाउँदै उत्कृष्ट कम्पनी



काठमाडौँ, १० कात्तिक: शेयर बजार निरन्तर ओरालो लागेपछि शीर्ष स्थानमा रहेका कम्पनीले समेत बजार पूँजीकरणमा आफ्नो हिस्सा गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको दश उत्कृष्ट कम्पनीमध्ये अधिकाँशले यस साता बजारमा आफ्नो हिस्सा गुमाएका हुन् ।

नेपाल टेलिकमले यस साता रु एक अर्ब बराबरको बजार पूँजीकरण हिस्सा गुमाएको छ । टेलिकमको यस साता रु एक खर्ब १६ अर्ब २५ करोड बजार पूँजीकरण रहेको छ । साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा नै रहेको छ । गत साता टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्ब थियो ।
यस्तै दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब चार करोड ५१ लाख ८० हजार रहेको छ । सामान्यत उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ । सो बैंकले पनि यस साता ८० करोड बराबरको हिस्सा गुमाएको छ ।

स्टकका अनुसार तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण मूल्य रु ६७ अर्ब ६९ करोड ३ लाख ९५ हजार ४०९ रहेको छ । यस्तै चौथो स्थानमा स्ट्याडर्ड चार्टड बैंक छ । सो बैंकको रु ५५ अर्ब ३५ करोड ८९ लाख ९० हजार बराबरको बजार पूँजी छ । यो बैंकले समेत बजारमा केही हिस्सा गुमाएको छ ।

पाँचौँ स्थानमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको रु ५० अर्ब १६ करोड ७८ लाख ९८ हजार १२५, छैटौँ स्थानमा रहेको हिमालयन बैंकको रु ४४ अर्ब ५४ करोड ७० लाख , सातौँ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४० अर्ब ९७ करोड ९३ लाख ७० हजार बराबरको बजार पूँजीकरण रहेको छ । त्यस्तै आठौँ स्थानमा नेपाल एसबीआई बैंकको रु ३८ अर्ब ९४ करोड ७० लाख २० हजार, नवौँ स्थानमा रहेको एनआईसी एशिया बैंकको रु ३३ अर्ब ७३ करोड ६ लाख ९० हजार र दशौँ स्थानमा रहेको एनएमबी बैंकको रु ३० अर्ब ६९ करोड ६ लाख ८० हजार बराबरको बजार पूँजीकरण रहेको छ ।

शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु नै अग्रस्थानमा रहेका छन् । स्टकका अनुसार प्रभु, गुराँस फाइनान्स लिमिटेडको प्रमोटर शेयर, जनता बैंक, मेघा बैंक, एनआईसी बैंक, सिभिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, कुमारी बैंक र एनएमबी बैंक रहेका छन् । यस्तै शेयर सङ्ख्याका आधारमा कालिका पावर कम्पनी एक हजार ४८४, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड एक हजार २१, प्रभु बैंक ६७८, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ६६०, नाडेप लघुवित्त वित्तीय संस्था ६०८, मेघा बैंक ५८३, जनता बैंक ५०२, बुटवल पावर कम्पनी ४६३, एनएमबी बैंक ४३६, एनआईसी एशिया बैंकको ४२६ कित्ता शेयर कारोवार भएको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार