Logo

नेकपाका नेता शर्माले बनेपमा के भने हेर्नुहोस्



बनेपा, १६ कार्तिक : नेकपाका नेता जनार्दन शर्माले समृद्ध नेपाल निर्माणका लागि युवालाई उत्पादन र समाज निर्माणका बाटोमा लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा पूर्वजनमुक्ति सेना नेपाल प्रतिष्ठानले आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “युवालाई राष्ट्र निर्माणको काममा लगाउन तीन वटै तहका सरकारले योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ ।”

पूर्वमन्त्रीसमेत रहनुभएका नेता शर्माले स्थानीय तहका सरकारले आफ्नो क्षेत्रभित्रका भूमि, जल, जङ्गललगायत सबै स्रोत परिचालन गर्ने खालका योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिदैं आत्मनिर्भर र स्वाधीनताको रक्षा अभियानमा लाग्नु सबैको कर्तव्य हो भन्नुभयो ।

विगतमा पनि राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न लडाइँ लडेको र अहिले पनि त्यसलाई पूर्णता दिनका लागि भएका र गरेका त्रुटिलाई सच्याउँदै फेरि पनि सबै जना मिलेरसँगै लड्न पूर्वजनमुक्ति सेनालाई आग्रह गर्दै उहाँले पार्टी एकता पनि अर्को सङ्घर्ष हो, त्यसलाई पूर्णता दिन सकेको छैन, त्यसका लागि पुनः सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्नुभयो ।

नेता शर्माले विश्वभरि कम्युनिष्टको दुई तिहाइ बहुमत भयो भनेर तरङ्गित छ, त्यसलाई असफल बनाउन कसरी घेराबन्दी गर्ने भनेर लागिरहेको अवस्थामा उपलब्धिको रक्षाका लागि सम्पूर्ण युवा सचेत रहनुपर्ने बताउँदै संविधानमा उल्लेख गरेका कुरालाई पूर्णता दिन बाहिर रहेका विप्लव, किरण र मोहनविक्रमलाई पनि एक ठाउँमा आउनका लागि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वैधानिकरुपमा आज धेरै काम गर्न सक्ने ठाउँमा हामी छौँ, कुन बाटोबाट जाने हो, आउनुहोस् कुरा गरौँ ।”

नेकपाका नेता सूर्यमान दोङले जनयुद्धबाट अहिलेको अवस्थासम्म आइपुग्दा धेरै उपलब्धि प्राप्त गरेकाले त्यसको रक्षाका लागि युवा एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।

सांसद गङ्गाबहादुर तामाङले अब गुनासोभन्दा पनि समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार