Logo

कांग्रेसको चियापान : गृहमन्त्रीलाई नारायणकाजीको ‘जय नेपाल’



काठमाडौँ, १६ कात्तिक : नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जय नेपाल शब्दले स्वागत गरे । आजको राजधानी दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन् । त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ।’ चियापानको दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडलका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै समहमति र एकता हुँदैछ ।

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दलबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे। त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार