२०८१, ८ बैशाख शनिबार

तिहारमा यसरी गर्नुहोस घरको सजावट, लक्ष्मीमाता प्रसन्न हुनेछिन्

तिहारमा यसरी गर्नुहोस घरको सजावट, लक्ष्मीमाता प्रसन्न हुनेछिन्


तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् ।

यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ ।

यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने धार्मिक मान्यता छ । जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने बेला हो यो ।

यही मेसोमा घरलाई नयाँ लुक्स दिन सकिन्छ । यसका लागि थोरै मिहिनेत गरे पुग्छ । इन्टेरियरलाई परिवर्तन गर्न केही नयाँ उत्पादन आएका छन् । यसमा क्रिस्टल, मल्टी कलर्ड स्टोन, पर्ल वर्क आदि प्रचलनमा छन् । यहाँ हामी तपाईंलाई तिहारमा घरलाई कसरी सजाउने र कस्तो प्रकारको बत्ति लगाउने भन्नेबारे बताउनेछौं ।

रंगोली

घरको मुलद्वारमा रंगोली बनाउँदा घर त सुन्दर देखिन्छ नै, पाहुनाहरुलाई पनि खुशी तुल्याउनेछ । त्यसो त, तपाईं पारम्परिक रंग तथा फूलको प्रयोग गरेर आफ्नै हातले रंगोली बनाउन सक्नुहुन्छ ।तर, यसो गर्न अल्छी लाग्यो भने बजारमा एक से एक रंगोली किन्न पाइन्छ । मुलद्वारको साथसाथै लिभिङ रुमको सेन्टरमा पनि रंगोली बनाएर घरको शोभा बढाउन सकिन्छ ।

कुनालाई दियोले सजाउनुस्
घरका बत्तिहरु बदल्दा पनि घरको पुरा लुक्स परिवर्तन हुन्छ । र, यसमा दियोले महत्वपूर्ण भूमिका खेल्छ । यो दिपावलीमा घरलाई सजाउन कृत्रिम बत्तिको सट्टा दियोको प्रयोग गर्नुस् । घरको हरेक कुनालाई दियोले सजाउनुस् ।

फूलको सजावट
घरमा धेरै फूल सजाउनुको साटो एक वा दुई मालालाई घरको ढोकामा झुण्ड्याउनुस् । यसबाट तपाईंको घर सिम्पल देखिनुका साथै चाडको रौनक पनि प्राप्त हुनेछ ।

तोरण र लाल्टिन
घरको मुलद्वारका साथै हरेक कोठाको ढोकामा तोरण लगाउनुस् । यसका लागि तपाईं पारम्परिक पत्ता तथा फूलको तोरणको पनि प्रयोग गर्न सक्नुहुन्छ । अथवा, बजारमा पाइने डिजाइनदार तोरण ल्याएर पनि प्रयोग गर्न सक्नुहुन्छ । मुख्य हललाई सजाउन लाल्टिनको पनि उपयोग गर्न सकिन्छ ।

मैनबत्ति

आजकाल बजारमा कैयौं प्रकारका मैनबत्ति पाइन्छन् । यसबाट तपाईं आफ्नो घरलाई फरक र सिम्पल लुक्स दिन सक्नुहुन्छ । यी मैनबत्तिलाई झ्याल तथा छतमा सजाउन सकिन्छ ।

टी लाइट्स
रंगीन काँचको कन्टेनरमा टी लाइट्स राखेर त्यसलाई ड्रइङ रुम र डाइनिङ रुमको सिलिङमा झुण्ड्याउनुस् । कोही पनि यसमा ठोक्किने डर हुँदैन र यसले घरलाई अत्यन्त सुन्दर लुक्स पनि दिन्छ ।

यसरी सजाउनुस् प्रवेशद्वार
दीपावलीमा रंगोली त बनाइन्छ नै । तर, यदि फूल वा रंगको रंगोलीबाट बोर भइसक्नु भएको छ भने यसपटक क्रिस्टल र बिड्सको रंगोली बनाएर हेर्नुस् । यो विल्कुल अलग देखिन्छ । बजारमा रेडिमेड रंगोली पनि उपलब्ध छन् । चाहेमा घरमा आफैं पनि बनाउन सक्नुहुन्छ । यसमा गणेशजीको मूर्ति सजाउन सकिन्छ ।

पेपर लाल्टिन
तिहारमा कैयन प्रकारका सामान बजारमा पाइन्छन् । यिनीहरुमा एक हो, पेपर लाल्टिन । पेपर लाल्टिनबाट आफ्नो घरलाई सजाउनुस् । यो हेर्दा सुन्दर त देखिन्छ नै, घरमा प्रकाश पनि छर्छ ।

फ्लोटिङ मैनबत्ति
यो दिपावलीमा तपाईं फ्लोटिङ मैनबत्तिको मद्दतले पनि आफ्नो घरको सजावटलाई उत्कृष्टता दिन सक्नुहुन्छ ।

इलेक्ट्रिक लाइट्स
इलेक्टि्रक बत्तिहरु बजारमा जताततै उपलब्ध छन् । यी बत्तिले तपाईं आफ्नो घर सजाउन सक्नुहुन्छ । यी बत्तिमा धेरै भेराइटी पनि पाइन्छन्, जसले तपाईंको घर झलमल हुनेछ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : १२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता