Logo

यस्तो छ खोकी निको पार्ने वैज्ञानिक विधि



के तपाई लगातार खोकी लागेर हैरान हुनुहुन्छ ? अब झन्झट मान्नुपर्ने छैन । बेलायतको नयाँ स्वास्थ्य निर्देशिकाका अनुसार खोकीका बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य औषधि प्रयोग गर्न सुझाएको छ ।चिकित्सकहरुका अनुसार एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र सहयोग गर्ने भएकाले हत्तपत्त एन्टिबायोटिक्स प्रयोग गर्नु हुँदैन । प्राय:जसो बिरामीहरुमा दुई वा तीन हप्ताभित्रै खोकी आफैं निको हुन्छ ।

चिकित्सकका अनुसार जथाभावी रुपमा एन्टिबायोटिक्स प्रयोग गर्दा त्यसले बिरामीलाई नछुने समस्या हुनसक्छ ।

खोकी निको गर्ने केही घरेलु उपचार विधिहरु यसप्रकार छन् :
खोकी निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने गर्नुपर्छ ।

बिबिसीले जनाएअनुसार अनुसार ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स (एनआसीइ) र पब्लिक हेल्थ इंग्ल्याण्ड (पिएचइ) ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन् ।

एन्टिबायोटिक्सले पनि धेरैजसो खोकीहरू भाइरसहरु निको गर्न सक्दैन ।

पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सकी अनुसार एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक छ ।

निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्न सक्ने सुझाव दिएको छ ।

खोकी लाग्दैमा एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु राम्रो मानिँदैन ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार