२०८०, ८ आश्विन सोमबार

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु


नयाँ दिल्ली, २७ असोज पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ ।

शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा परी कारमा यात्रा गरिरहेका यात्रुहरुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त कार सामान बोकेर गइरहेको एक ट्रकसँग ठोक्किँदा सो घटना भएको जनाइएको छ ।

शनिबार भएको यस भयानक दुर्घटनामा परी एक विद्यालयका स–साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यी विद्यार्र्थी र शिक्षिका विद्यालयबाट लगिएको वनभोज कार्यक्रममा सहभागी हुनको लागि गइरहेका थिए ।

भारतमा खराव बाटो, क्षमताभन्दा बढी यात्रुको सवार र चालकको लाहरपवाहको कारण बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । भारत विश्वको तुलनामा नै सडक दुर्घटना बढी हुने देशको सुचीमा पर्दछ ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ११ : २३ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।