२०८१, १० बैशाख सोमबार

नेकपाको सचिवालय बैठक सकियो, नेपालको असन्तुष्टि कायमै

नेकपाको सचिवालय बैठक सकियो, नेपालको असन्तुष्टि कायमै


काठमाडौँ, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो बुधबार पनि बस्ने भएको छ । सोमबार बसेको बैठकले स्थायी समिति बैठकका एजेण्डा तय गर्न बुधबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।

स्थायी समितिको बैठक बस्ने भनिएपनि मिति भने तय गरिएको छैन । स्थायी समिति बैठकको मिति पनि बुधबारकै सचिवालय बैठक तय गर्ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारीसमेत गराएका थिए । बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए । तर, सोमबारको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिले भने प्रवेश नपाएपछि असन्तुष्टि कायमै रहेको छ ।

अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा सोमबार नभएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार आउँदो बुधबार बिहान ८ बजे बस्ने अर्को सचिवालय बैठकमा विवादित विषयमा छलफल हुनेछन् ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  २ : ४७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने